काठमाडौँ: कोभिड-१९ बाट प्रभावित कृषि विकास बैंकका कर्मचारीले एक लाख रुपैयाँ क्षतिपूर्ति बुझेका छन् । शुक्रबार एक कार्यक्रमको आयोजना गरी विमक कम्पनी नेको इन्स्योरेन्सले ओमवहादुर डाँगीलाई कोभिड बीमा लेख खरिद गरे वापत क्षतिपूर्ति स्वरुप सो रकम उपलब्ध गराइएको हो ।
बीमा समितिले कोभिड लेख जारी गरेपछि कोरोना संक्रमितले क्षतिपूर्ति पाएको पहिलो विमाङ्क रकम हो।
कृषि विकास बैंक गुल्मी फुर्कोट दह मदानेमा कार्यरत उक्त कर्मचारी कोरोना संक्रमित भई हाल अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
हाल उनी आफ्नो नियमित काममा समेत फर्किसकेका छन् ।
बैंकका प्रवक्ता हिमलाल पौडेलका अनुसार उनी हाल निको भएर काममा फर्किसकेका छन् । ‘काममा फर्किएपछि हामीले उहाँलाई क्षतिपूर्ति स्वरुप चेक हस्तातरण गरिएको हो,’ उनले भने ‘नेको इन्स्योरेन्सले विमक संघका अध्यक्ष दिप प्रकाश पाण्डेको उपस्थितिमा चेक हस्तान्तरण गरिएको हो।’
चेक हस्तान्तरण कार्यक्रममा नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का, कपोरेट प्रमुख गोकर्ण दवाडी, कृषि विकास बैंकका उपमहाप्रवन्धक तथा नेको इस्योरेन्सका सञ्चालक सदस्य धु्रवचन्द्र गौतम, जनशक्ति व्यवस्थापन विभागका दीर्घवहादुर अर्याल तथा निर्मल प्रसाद उपाध्ययको उपस्थिति रहेको थियो ।
चेक हस्तान्तर कार्यक्रममा भने निजकोको उपस्थिति थिएन । कृषि विकास बैंकका जनशक्रि विभाग प्रमुख निर्मल प्रसाद उपाध्ययले बीमा कम्पनीले उपलब्ध गराएको चेक बुझेका हुन् । उक्त क्षतिपूर्ति रकम बैंकले निजको बैंक खातामा सारिनेछ।