काठमाडौं: देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ को बजेट आज सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारहरुले दोस्रो पटक वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् ।
संविधानतः संघ सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्न लागेका हुन् ।
प्रदेश सरकारहरुले आ–आफ्नो प्रदेशअनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् । कोरोना भाइरस (कोभिड–१९) को महामारीका बिचमा आउने भएका कारण यसपटकको बजेटले स्वास्थ्य तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीहरुले जानकारी दिएका छन् ।
Facebook Comments Box