Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 11
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » मनसुनजन्य विपद्: ‘असरमा आधारित पूर्वसूचना प्रणाली’ अवलम्बन

    मनसुनजन्य विपद्: ‘असरमा आधारित पूर्वसूचना प्रणाली’ अवलम्बन

    पहिलोक्लिकपहिलोक्लिकJune 24, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ: सरकारले यसपालि मनसुनजन्य विपद्को सूचना प्रणालीलाई व्यवस्थित गर्दै ‘असरमा आधारित पूर्वसूचना प्रणाली’ अवलम्बन गरेको छ ।

     

    विगतको सूचना प्रणालीलाई थप व्यवस्थित गर्दै कहाँ–कहाँ कुन खालको असर हुनसक्छ भनेर आँकलन गरी असरमा आधारित पूर्वसूचना प्रणाली लागू गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

     

    प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले सूचना प्रणालीबारे राससलाई जानकारी दिँदै भन्नुभयो, “यसपालि सूचना प्रणालीलाई थप व्यवस्थित गरी असरमा आधारित बनाउन खोजेका छौँ, विगतमा जस्तो बाढी बढ्ने सम्भावना छ, पानी पर्ने सम्भावना छ मात्रै भन्दैनौँ, त्यसबाट कहाँ–कहाँ, कस्तो असर पर्न सक्छ, कसरी सावधानी अपनाउन सक्छौँ भन्नेसम्म सूचना प्रणालीले समेट्ने छ ।”

     

    यस प्रणाली व्यवस्थापनमा जल तथा मौसम विज्ञान विभाग, खानी तथा भूगर्भ विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र काठमाडौँले समन्वय गर्नेछ । आवश्यक प्राविधक जनशक्तिलाई प्रशिक्षणसमेत दिइसकिएको छ । अहिले पनि मौसम विज्ञान विभागले नियमित रुपमा सूचना दिइरहेको छ । त्यसलाई अन्य क्षेत्रसँग समन्वय गरेर दैनिक ‘विपद् बुलेटिन’ समेत निकाल्ने तयारी छ ।

     

    प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बङ्गालको खाडीबाट मनसुनी वायु आयो मात्रै नभनी त्यसले नेपालको कुन–कुन क्षेत्रलाई असर गर्छ, कहाँ बढी क्षति पु¥याउँछ, त्यसको सामना कसरी गर्ने भन्ने कुरासमेत यसपालिको सूचना प्रणालीमा समावेश हुने बताउनुभयो । यस्तै नदीमा पानीको बहाव बढ्यो मात्रै नभनी त्यसले कुन–कुन क्षेत्रमा कस्तो असर पु¥याउन सक्छ भन्ने सूचना पनि उक्त प्रणालीमार्फत जानेछ ।

     

    यसपालि मनसुन शुरु हुनुअघि नै जमिन गलिसकेको छ । त्यसैले थोरै पानी पर्दैमा क्षति बढ्नसक्ने अनुमान मौसमविद्को छ । कोभिड–१९ को असरका कारण समस्या परिरहेको अवस्थामा सर्वसाधारण पनि सतर्क हुनुपर्ने प्राधिकरणका उपसचिव वेदनिधि खनालले बताउनुभयो । उहाँले कोभिडका कारणले मात्रै मनसुनजन्य विपद्लाई छायामा पार्न नहुनेमा जोड दिनुभयो ।

     

    यसपालि पूर्वतयारी, पूर्व सूचना प्रणालीको व्यवस्थापन, भइपरी आएका घटनाको सामना गर्न आवश्यक बन्दोबस्ती र जनशक्तिको व्यवस्थापन गर्दै क्षतिको न्यूनीकरणमा ध्यान दिइएको छ । गृह मन्त्रालयले आवश्यक कार्ययोजना तयार गरेर मन्त्रालयगत जिम्मेवारीसमेत तोकिसकेको छ ।

     

    विश्व्यापी कोभिड–१९ को महामारीले इतिहासमै पहिलोपटक जटिल परिस्थितिसँग जुधिरहेको मुलुकका सामु मनसुन सक्रिय भएसँगै बहुविपद्को सामना गर्नुपर्ने चुनौतीका बीच सरकारले विपद् व्यवस्थापनमा आवश्यक तयारी गरिरहेको छ । मुलुकको ध्यान कोभिड–१९ मा रहेको वर्तमान अवस्थामा मनसुनजन्य विपद्लाई कमजोर आँकलन गर्न नहुनेमा विज्ञको जोड छ । विपद् जोखिम व्यवस्थापन विज्ञ डा कृष्ण देवकोटाले अलगअलग रुपमा दुई विपद्को व्यवस्थापन गर्न नसके ठूलो जोखिम उठाउनुपर्ने अवस्था आउनसक्ने आशङ्का रहेको बताउनुभयो ।

     

    गृह मन्त्रालयको नेपाल विपद् प्रतिवेदन २०१९ का अनुसार मनसुनजन्य प्रकोपका कारण वार्षिक झण्डै एक हजारले ज्यान गुमाउने गरेका छन् । झण्डै सात अर्ब रुपैयाँको क्षति भएको विवरणमा उल्लेख छ । जल प्रकोपका कारण हुने मृत्युका हिसाबले नेपाल दक्षिण एशियामा नै सबैभन्दा उच्च जोखिम भएको मुलुकमा पर्छ । जलवायु परिवर्तन, भूकम्प र जल प्रकोपबाट बढी क्षति पुग्ने देशमध्ये नेपाल विश्वमा क्रमशः चारौँ, एघारौँ र तीसौँ स्थानमा छ ।

     

    मुलुकमा विपद्को फरकफरक प्रकृति छ । बाढी, पहिरो, डुबान, पानीजन्य रोगले असारदेखि भदौसम्म ठूलो जोखिम पार्छ । यसपटक डुबान, कटान, बाढी, पहिरो र पानीजन्य रोगका कारण झण्डै ३० लाख मानिस प्रभावित हुने अनुमानका साथ आवश्यक पूर्वतयारी गरिएको छ ।

     

    पोखरेलले प्राधिकरणले समन्वयात्मक भूमिका निर्वाह गर्ने भएपनि अपरेशनको सबै भूमिका स्थानीय तहकै भएको बताउनुहुन्छ । गत वर्षको विवरणमा बाढीका कारण ८३ जनाको मृत्यु भएको थियो । पहिरोका कारण ९३ जनाको मृत्यु भएको थियो । प्राधिकरण हालै स्थापना भएकाले अनुभवको कमी हुँदा यसपटक अन्य सरकारी निकायको भूमिका महत्वपूर्ण हुन्छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यसपालिी मुलुकमा औसत वर्षा हुने अनुमान गरिएको छ ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.