काठमाडौं: नेपालमा शनिबार थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १२ हजार ३०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या १२ हजार ३०९ पुगेको जानकारी दिएका हुन् ।
नयाँ थपिएका संक्रमितहरु जना १२० महिला र जना ४३४ पुरुष रहेका छन् । हालसम्म १ हजार ३६९ महिला र १० हजार ९४० पुरुष गरी १२ हजार ३०९ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।
Facebook Comments Box
