पोखरा: गण्डकी प्रदेशका ४ जिल्लामा सलह (फट्याङरा जस्तो देखिने कीरा) देखिएको छ । बुधवारसम्म प्रदेशका ४ जिल्लामा बाली नासक सलह कीरा देखा परेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
कास्की, लमजुङ, नवलपुर र स्याङ्जामा सलह देखिएको हो । तरइबाट पाल्पासँग सिमा जोडिएको स्याङ्जाको कालिगण्डकी गाउँपालिका हुँदै गण्डकी प्रदेशमा सलह भित्रिएको मन्त्रालयका वरिष्ठ बाली संरक्षण अधिकृत विनोद हमालले बताए ।
स्याङजाको काली गण्डकीमा एक प्रकारको फटयाङग्रा हो यसले खाद्यन्न बाली तेति नष्ट गरेको छैन् यो माथी उच्च ठाँउमा बस्ने भएकोले हालसम्म खासै असर गरेको छैन् । पानी पर्न रोकियो र गर्मि बढयो भने सलहको झुण्ड तल झर्न कम मात्रामा क्षती हुन सक्ने अनुमान गरेको हमालले बताउनु भयो । एउटा झुण्डमा १० लाख बढि संख्या हुने उनले जानकारी दिए ।
२ वटा झुण्ड कालिगण्डकी गाउँपालिकाको जंगलमा बसेको छ । एउटा झुण्ड कालिगण्डकी नदीको तिरैतिर पर्वत पुगेको पुगेको छ । अहिलेसम्म गण्डकीमा ठूलो क्षति नपुगेकाले त्रसित नहुन हमालले कृषकलाइ आग्रह गर्नु भउको छ ।
