Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 11
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » ओली-प्रचन्ड भेटमा ओलीको अडान: सत्यसँग नलड्ने,शक्तीसँग नझुक्ने

    ओली-प्रचन्ड भेटमा ओलीको अडान: सत्यसँग नलड्ने,शक्तीसँग नझुक्ने

    पहिलोक्लिकपहिलोक्लिकJuly 4, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता तहमा देखिएको विवाद मिलाउन आज अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड¬’ बीच भएको छलफल सकारात्मक दिशामा उन्मुख भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी हुनुभएको थियो । नेता शर्माका अनुसार आज अध्यक्षहरुबीच आपसमा विगतमा भएका सहमति, त्यसको पालना र देखिएका कमीकमजोरीलगायत सबै विषयमा छलफल भएको र शनिबारको स्थायी कमिटी बैठक अगाडि पुनः बस्ने तय भएको छ ।

    उहाँबीच पार्टी एकतापूर्व २०७५ जेठ २ मा समानता र आपसी सहमतिका आधारमा सरकारमा आलोपालो नेतृत्व गर्न भएको सहमति, गत मङ्सिर ४ मा प्रधानमन्त्री ओली सरकारको काममै निरन्तर रहने र अध्यक्ष दाहाल पार्टीको कार्यकारी अध्यक्षको भूमिकामा रहने गरी स्थायी कमिटीमा भएको निर्णयको कार्यान्वयनलगायतका विषयमा गम्भीरतापूर्वक छलफल भएको थियो । एकता प्रक्रियाका साक्षी महासचिव पौडेल र नेता शर्माले पनि कुनै पनि हालतमा पार्टी एकताबद्ध रहनुपर्छ भन्ने सुझाव दिनुभएको थियो । कार्यकर्ता तहले समृद्धि र स्थिरताका लागि चुनावी घोषणापत्रअनुसार पार्टी एकताबद्ध भई आपसमा मिलेर देश र जनताका पक्षमा काम गर्न दबाब सिर्जना गरेको छ ।

    नेकपाको मङ्गलबारको स्थायी कमिटी बैठकमा पूर्वनिर्धारित कार्यसूची प्रभावित भई अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सरकार हटाउन विभिन्न कोसिस भएको भनी दिनुभएको अभिव्यक्तिका विषयमा गर्मागर्मी छलफल भएको थियो । यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार हटाउन छिमेकी भारतका संयन्त्र र पार्टीका नेता भित्रभित्र संलग्न भएको भन्ने अभिव्यक्ति दिनुभएको विषयमा छलफल हुँदा प्रधानमन्त्री ओलीको राजीनामाको विषय पनि उठेको थियो ।

    यसैगरी निर्वाचन आयोगमा नेकपा (एमाले) नामको पार्टी दर्ताका लागि निवेदन परेको विषयमा त्यसमा नेकपाका नेता कार्यकर्ताको संलग्नता छ÷छैन भन्नेमा छलफल चलेको थियो । उक्त विषयका साथै संसद्को बजेट अधिवेशन बिहीबार अन्त्य भएका विषयमा पनि नेकपा स्थायी कमिटीमा विवाद उत्पन्न भएको छ । यही असार १० गते शुरु भएको नेकपाको स्थायी कमिटी बैठक शनिबार ११ः०० का लागि बजे तोकिएको छ ।

    नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको अन्तसङ्घर्ष कुनै व्यक्ति वा व्यक्तिको स्वार्थमा हुन नहुने भएकाले एउटा वा अर्को व्यक्तिको समर्थन वा विरोधमा नभई पार्टी एकता, समृद्धि, समाजवाद, देश, जनता र श्रमजीवी वर्गलाई केन्द्रविन्दुमा राखेर रुपान्तरणमुखी बहसमा सहभागी हुन आज आह्वान गर्नुभएको छ । एकता जोगाउन सबै आफ्नो छातीमा हात राखेर सोच्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

    बैठकमा नेपालको सीमा समस्या र समाधान, कोभिड–१९ को सङ्क्रमण, रोकथाम, नियन्त्रण, उपचार, सरकार तथा पार्टीको काम कारवाहीका विषयमा प्रवेश हुनेछ । बैठकमा सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठनिक एकताका बाँकी काम सम्पन्न गर्ने, अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायत कार्यसूची तय गरिएका थिए । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच विसं २०७५ जेठ ३ गते एकता भई नेकपाको गठन भएको थियो ।

    Facebook Comments Box

    शक्तीसँग नझुक्ने सत्यसँग नलड्ने
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.