काठमाडौं: ५० प्रतिशत सम्म भाडा वृद्धि गरेर सार्वजनिक यातायात संचाल गर्न दिने सरकारको निर्णयप्रति उपभोक्तकर्मीहरुले चर्को विरोध जनाएका छन् । विपतका बेला सहुलियत दिनुको साटो उल्टै सर्वसाधरणको ढाड सेक्ने गरी सरकारी पक्षबाट निर्णय आएको भन्दै उपभोक्ताकर्मीहरुले विरोध जनाएका हुन् ।
यस्तो गल्ति भए बाध्य भएर सरकार विरुद्ध आन्दोलनमा जाने उनीहरुले चेतावनी दिएका छन् । ‘सरकारबाटै यस किसिमको घोषणा आउला भन्ने हामीले सोचेका थिएनौं । तर विडम्बना सरकारबाट यस्तो निर्णय भएको छ । यो सुन्दा मनै अमिलो भएको छ ।’
उपभोक्तावादी कन्जुमर आई नेपालका महासचिव रञ्जन खनालले भने, ‘विपतका बेला आर्थिक चपेटामा परेका सर्वसाधारणलाईराहत दिनु पर्ने ठााउँमा उल्टै ढाड सेक्ने काम भयो । यो हामीलाई कुनै हालतमा स्वीकार्य छैन । यसो भए हामी सरकार विरुद्ध कडा आन्दोलना उत्रन्छौं ।’