काठमाडौं: सोमबार सुनको मूल्य तोलाको ९२ हजार ३ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिनका तुलनामा सोमबार सुन २ सय रुपैयाँले बढेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार तोलाको ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदी पनि थोरै बढेको छ। चाँदी तोलामा १० रुपैयाँले बढेर ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी तोलाको ९ सय ८० रुपैयाँ थियो।
Facebook Comments Box