काठमाडौं:लकडाउन खुकुलो भएसँगै पछिल्लो एक महिनायता कारोबार पुनः खुला भएको सुनचाँदीको मूल्य उकालो लाग्ने क्रमले बुधबार नयाँ उचाई छोएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलाको ९२ हजार ८ सय रुपैयाँ पुगेको छ । यो मूल्य महासंघले अघिल्लो दिन तय गरेकोभन्दा तोलामा ६ सय रुपैयाँले बढी हो।
नेपाली बजारमा बुधबारको मूल्य यो महँगो धातुका लागि अहिलेसम्मकै सर्वाधिक हो । यसअघि सुन तोलाको ९२ हजार ७ सय रुपैयाँसम्म पुगेको थियो । मंगलबार सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीले पनि रेकर्ड मूल्य छोएको छ । मंगलबारको तुलनामा चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढ्दै बुधबार एक हजार पाँच रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
