काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त दुई अतिरिक्त महानिरीक्षक पदका लागि दुई जना प्रहरी नायब महानिरीक्षकलाई बढुवा सिफारिस गरेको छ ।
आज बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले डिआइजीद्धय निरज बहादुर शाही र प्रद्युम्न कार्कीलाई एआईजीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।
शाहीलाई आफ्नो वार्षिक कार्यसम्पादन मुल्यांकनमार्फत समितिले ७१.४९ प्रतिशत दिएर पहिलो नम्बरमा एआइजी सिफारिस गरेको हो भने कार्कीलाई ६८.७२ प्रतिशत दिएको छ ।
अर्का डिआईजी अर्थात महानगरीय प्रहरी कार्यालयमा कार्यरत विश्वराज पोखरेलको भने बढुवा सिफारिस हुन सकेन ।
एआईजीमा पछिल्लो संशोधित नियमावली अनुसार दुई दरबन्दी मात्रै रहने व्यवस्था छ ।
हालका प्रहरी महानिरीक्षक शैलेन्द्र थापा क्षेत्रीको अवकासपछि एआईजी शाहीलाई भावी महानिरीक्षकको सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ ।