काठमाडौँ : प्रहरीले आज नेपाल टेलिकमको सेर्भर ह्याक गर्ने एक ब्यक्ती लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दिवाकर देउजा रहेका छन ।
प्रहरीको बिस्तृत रिपोर्ट यस्तो छ
नेपाल टेलिकमको मोबाईल एपको सर्भर सिस्टमभित्र गैरकानूनी रुपमा पहुँच स्थापना गरी नेपाल टेलिकमको प्याकेज प्रयोग तथा बिक्री समेत गरी आफुले आर्थीक लाभ समेत लिई नेपाल टेलिकमलाई हानिनोक्सानी पुर्याएई कम्पनीको राजस्व तथा व्यावसायिक छविमा समेत गम्भीर क्षति पुर्यानएको हुँदा कारबाही गरी पाउँ भनि नेपाल टेलिकमको मिति २०७७ असार १२ गतेको पत्र यस ब्यूरोमा प्राप्त भएकोमा अनुसन्धानको सिलसिलामा ह्याकरले उन्त्रकेअब्ले इन्तेर्नेत् प्रविधिको प्रयोग गरी अनाधिकृत रुपमा नेपाल टेलिकमको सर्भर प्रणालीमा पटक-पटक पहुँच बनाएको देखिई प्राप्त सबुत प्रमाण र डिजिटल ईन्टेलिजेन्सको माध्यमबाट उक्त कार्यमा संलग्न रहेको जिल्ला धनकुटा, पाख्रिबास न।पा।-०५ स्थाई वतन भई हाल जिल्ला धनकुटा, धनकुटा न।पा। ४ बस्ने, सहरी विकास तथा भवन कार्यालय, धनकुटामा कम्प्यूटर अपरेटर पदमा कार्यरत वर्ष २८ को दिवाकर देउजालाई मिति २०७७ असार ३१ गते जिल्ला धनकुटाबाट पक्राउ गरी बिद्युतिय कारोवार ऐन २०६३ वमोजिम आवश्यक कारबाही प्रकृया अगाडी बढाउनको लागि आजै नेपाल प्रहरी साइबर ब्यूरो, काठमाडौँ पठाइएको व्यहोरा जानकारी गराईन्छ ।
पक्राउ भएको व्यक्तिको विवरण :
नाम : दिवाकर देउजा
वतन : जिल्ला धनकुटा, पाख्रिबास न।पा।-०५
उमेर : २८ वर्ष
पक्राउ मिति : २०७७।०३।३१ गते
कार्यरत कार्यालय : सहरी विकास तथा भवन कार्यालय, धनकुटा
बरामद सामाग्री : ल्यापटप थान-०२ (दुई) , मोबाईल थान-०२ (दुई)