काठमाडौं : महानगरीय प्रहरी वृत थानकोटबाट खटिएको प्रहरी टोलिले मिति २०७७।०३।३१ गते अं। १२।०० बजेको समयमा जिल्ला काठमाण्डौ चन्द्रागिरि नगरपालिका वडा नं १० गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय क्षत्रमा यातायात कार्यालय जाने सेवाग्राहीलाई छिटो काम सम्पन्न गरिदिन्छु भनी सार्वजनिक सडकमै सर्वसाधरण सेवाग्राहीलाई हैरानी दिने ४ जना ब्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जि। ओखलढुंगा चम्पादेवी गा।पा। वडा नं।०४ घर हुने बर्ष ३० को पुष्कर कटुवाल, जि। धनुषा हरीहरपुर गा।पा। वडा नं।०७ घर हुने बर्ष ३० को बिमल लामा, जि।धादिङ बेनीघाट रोराङ गा।पा। वडा नं।०६ घर हुने बर्ष २६ को बिनोद पुलामी, जि।लम्जुङ मर्स्याङदी गा।पा। वडा नं।०२ घर हुने बर्ष २६ को उज्जवल गुरुङरहेका छन । निजहरुले सेवाग्राहीहरुसँग कमिशन रकम माग गरीरहेको अवस्थामा फेला पारी कानुनी प्रकृया अगाडी बढाइएको छ ।