काठमाडौं: नेपालमा शुक्रबार थप १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ४ हजार ६८८ जनाको पीसीआर परीक्षण भएकोमा १०१ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ८७१ रहेको छ भने ११ हजार ५३४ जना निको भएका छन् ।
Facebook Comments Box