काठमाडौं: भारत बिहार राज्य सितामणी जिल्ला मुझफरपुर स्थायी वतन भई का.जि. का.म.पा.-२२ खिचाँपोखरी बस्ने राई स्कुल जोरपाटीमा कक्षा-७ मा अध्ययनरत वर्ष ११ को रोहित गुप्ता मिति २०६४/०६/२४ गते बेलुका १७:०० बजेको समयमा घरबाट बाहिर निस्केकोमा ऐ। २०:३० बजेको समयमा अपरिचित व्यक्तिले टेलिफोन गरी निजको बाबु बासुदेब गुप्तासँग छोरा अपहरणमा परेकोले रू।२,५०,००० (दुई लाख पचास हजार) फिरौती रकम दिएमा मात्र छोरा छाड्ने जानकारी गराएको तर फिरौती रकम प्राप्त भए पश्चात पनि बालक अपहरण मुक्त नभएको र खोजतलासका क्रममा मिति २०६४०६२७ गते बेलुका २०:१५ बजेको समयमा का।जि।का।म।न।पा।-३२, कमलादी स्थित गणेश मन्दिर नजिक सडक पेटिमा पलास्टिकको बोरामा पोको पारी फालिएको अवस्थामा लास फेला परेको सुचनाका आधारमा निजका आफन्त मार्फत रोहित गुप्ताको लाश सनाखत भएको ।
अनुसन्धानको सिलसिलामा बालक आपहरण तथा हत्याको योजनाकार निजकै सहोदर मामा राजेश कुमार गुप्ताले काठमाण्डौं खिंचापोखरीमा कोठा भाडामा लिई निजको पसलमा पहिले काम गर्ने धादिङ घर भएको विष्णु सुनार समेतको संलग्नतामा जादु सिकाउने बाहानामा बोलाई उक्त गोप्य कोठामा लगी दुबै हात पछाडी लगी माईला भन्ने बिष्णु सुनारले नाइलनको डोरिले घाँटिमा बाँधी कस्दा रोहित गुप्ता चिच्याउन लाग्दा राजेश गुप्ताले रुमालले मुख थुनी दुबै जनाले घुडा समेतले थिचेर बालक रोहितको हत्या गरेको खुल्न आएको ।
घटना पश्चात निजहरूले मृतकको वुवासँग फिरौती वापत रू। २ लाख माग गरी उक्त रकम राजेशले नै लिई थानकोट त्रिभुवन पार्क लिई गएको र अपरिचित व्यक्तिहरू ट्याक्सीमा आएर सो रकम लिएर गएको भनी राजेश गुप्ताले मृतकको वुवालाई बहाना बनाएको ।
बालकको हत्या पश्चात लाशलाई बोरामा प्याक गरी भरियालाई व्यापारको खुद्रा सामान हो भनी कमलादी गणेशस्थान नजिक सडकमा फ्याकेको ।
त्यस पश्चात मृतकको वुवा बासुदेव गुप्तालाई समेत झुक्यानमा पारी राजेश गुप्ता निजसँगै बसी प्रहरी कार्यालयमा गई केही समय सम्म खोजतलाश गरेको बहाना समेत गरी तत् पश्चात फरार रहेका थिए ।
घटनामा संलग्न बिष्णु सुनार मिति २०६४०८१२ गते पक्राउ परी हाल कारागारमा रहेको । फरार राजेश कुमार गुप्ताको खोजतलाशको क्रममा मिति २०७७०४०३ गते जिल्ला सर्लाही, मलंगवा-०८, गोरखकालीबाट यस महाशाखाको टोलीद्वारा पक्राउ ।