सर्लाही: सर्लाहीको ईश्वरपुर नगरपालिका-१४ मा बाख्रा चराउन गएका १३ र १० वर्षका दुई बालिका मृत भेटिएका छन्।
उनीहरू माछा पालनका लागि स्थानीय प्रकाश महतोले खन्दै गरेको पोखरीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
मृतक १३ वर्षे बालिका अन्जली कुमारी महतो हुन् भने १० वर्षे बालिका आरती कुमारी महतो हुन्।
शनिबार बाख्रा चराउन गएका उनीहरू साँझसम्म घर नफर्किएपछि खोजी गर्दै जाँदा आफन्तहरूले उनीहरूलाई डुबिरहेको अवस्थामा फेला पारेका थिए।
प्रहरीका अनुसार पोखरको छेउमा उनीहरूले लगाएको कपडा र चप्पल फेला परेको छ।
हाल घटनाको अनुसन्धान भइरहेको जिल्लाका प्रहरी प्रवक्ता डिएसपी मदन कुँवरले जानकारी दिए।