Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 6
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » प्रधानन्यायाधीश जबराले गरेको फैसलामाथि पुनरावलोकन गर्न सर्वोच्चको अनुमति

    प्रधानन्यायाधीश जबराले गरेको फैसलामाथि पुनरावलोकन गर्न सर्वोच्चको अनुमति

    पहिलोक्लिकपहिलोक्लिकJuly 26, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं । पत्नीहत्याको आरोपमा जन्मकैदको सजाय पाएका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको संयुक्त इजलासको फैसला पुनरावलोकन हुने भएको छ ।

     

    आइतबार न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीले गत असार १५ गते गरेको फैसला पुनरावलोकनका लागि अनुमति दिएको हो ।

     

    जबरा र केसीको इजलासले कोइरालाको जन्मकैदको सजाय घटाएर साढे ८ वर्षमा झारेपछि उक्त फैसला पुनरावलोकन गरी उनलाई हदैसम्मको सजाय दिनुपर्ने माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले साउन ८ गते सर्वोच्चमा निवेदन दिएको थियो ।

     

    भवितव्य मान्न सकिँदैन

     

    उक्त निवेदनमा सुनुवाई गर्दै आइतबार तीन न्यायाधीशको पूर्ण इजलासले प्रधानन्यायाधीशसमेतको इजलासले गरेको फैसलामाथि प्रश्न उठाएको छ । आइतबारको आदेशमा सर्वोच्चले कोइरालाले गरेको पत्नी हत्यालाई सामान्य अवस्थाको र भवितव्य मान्न नसकिने ठहर गरेको छ ।

     

    प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीको इजलासले फैसलामा ‘…कोइरालाकी श्रीमती गीता ढकालले व्यापारका लागि पैसा मागेको कारणबाट उठेको विवादमा दुबै जनाबीच झैझगडा, वादविवाद हुँदा सो अवस्थामा रिस उठी आवेगमा आई कोइरालाले धकेल्दा टाउको भित्तामा ठोकिई मृत्यु भएको, वारदात हुँदाको पृष्ठभूमि सहितको अवस्था र परिस्थितिलाई हेर्दा वारदात मृतककै कारण र जरियाबाट प्रतिवादी आवेशमा आई उठेको रीसबाट भएको भन्नेसम्मको अवस्था देखिएको’ भन्दै घटनालाई भवितव्य भएको आशय व्यक्त गरिएको थियो ।

     

    तर, तीन न्यायाधीशको पूर्णइजलासले उक्त घटनालाई भवितव्य भन्न नमिल्ने बताएको छ । ‘प्रस्तुत वारदात हेर्दा प्रतिवादी रञ्जनप्रसाद कोइरालाले घटना घटाउँदा र घटना घटेपछि मृतकको लास लुकाउन गरेको क्रियाकलापबाट घटित वारदातलाई सामान्य अवस्थाको वारदात भन्न मिल्ने वा भवितव्य हो कि भनी मान्न मिने अवस्था देखिँदैन’ आदेशमा भनिएको छ ।

     

    तीन न्यायाधीशको इजलासले कोइरालाको मुद्दामा मुलुकी ऐन २०२० को अदालती बन्दोबस्तको १८८ नम्बर अनुसार सजाय घटाउन पनि नमिल्ने भनी सर्वोच्च अदालतकै चारवटा नजीर उल्लेख गरेको छ ।

     

    कोइरालाको सजाय छुट दिनु शान्ति विकविरुद्ध नेपाल सरकार, नेपाल सरकारविरुद्ध जुगत सदासमेत, नेपाल सरकारविरुद्ध शेरबहादुर बस्नेत र केदार माझीविरुद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा प्रतिपादित सिद्धान्त प्रतिकुल भएको बताएको छ ।

     

    ती फैसलामा मुलुकी ऐनको अदालती बन्दोबस्तको १८८ नम्बर प्रयोग गर्दा सावधानी अपनाउनुपर्ने उल्लेख गरिएको छ ।

     

    कोइरालालाई छुट दिँदा प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीको इजलासले मुलुकी ऐनको १८८ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा १७ क। को बमोजिम सजायको मकसद पूरा भएको उल्लेख गरेको थियो ।

     

    अदालती बन्दोबस्तको १८८ मा सजाय घटाउन सकिने अवस्था छ । जसमा भनिएको छ :

     

    ‘सर्वस्वसहित जन्मकैद वा जन्मकैद गर्नुपर्ने भएका मुद्धामा सावित ठहरे पनि इन्साफ गर्ने हाकिमका चित्तले भवितव्य हो कि भन्न हुनेसम्मको शंकाले वा अपराध गरेको अवस्था विचार गर्दा कसुरदारलाई ऐन बमोजिमको सजाय दिँदा चर्को हुने भई घटी सजाय हुनुपर्ने चित्तले देखेमा ऐनले गर्नुपर्ने सजाय ठहराई आफ्नो चित्तले देखेको कारणसहितको खुलासा राय पनि साधक तोकमा लेखी जाहेर गर्नुपर्छ । अन्तिम निर्णय दिनेले पनि त्यस्तो देखेमा ऐनले हुने सजायमा घटाइ तोक्न सक्छ ।’

     

    त्यस्तै फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा १७ मा सजाय निर्धारण गर्दा खुलाउनुपर्ने कुरा उल्लेख गरिएको छ र जसको क नम्बरमा सजाय गर्नुपर्ने कारण खुलाउनुपर्ने बताइएको छ ।

     

    आइतबारको पूर्ण इजलासले उल्लेख गरेको नजीरमा अपराधीलाई सजाय कस्तो अवस्थामा छुट दिने भन्ने खुलाइएको छ ।

     

    २०६२ चैत ७ गते फैसला भएको जुगत सदाविरुद्ध नेपाल सरकारको मुद्दामा सर्वोच्चका तत्कालीन न्यायाधीश बलराम केसी र पवनकुमार ओझाको संयुक्त इजलासले ‘अपराध गर्दाको अवस्था हेर्दा परिस्थितिवश मात्र अपराध गरेको इनोसेन्ट माइन्ड तर आपराधिक कार्यबाट ज्यान मर्न गएको अवस्थामा मात्र अदालती बन्दोबस्तको १८८ प्रयोग गर्न मिल्ने’ उल्लेख गरेको छ ।

     

    Facebook Comments Box

    प्रधानन्यायाधीश
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.