Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 11
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » सोमबार राति बागलुङको पहिरोमा परी चारको मृत्यु

    सोमबार राति बागलुङको पहिरोमा परी चारको मृत्यु

    पहिलोक्लिकपहिलोक्लिकJuly 28, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    बलेवा, १३ साउन (रासस): 
    बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ । सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको छ ।

     

    घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उहाँहरुलाई पुरेको प्रहरीले जनाएको छ । सँगै सुतिरहनुभएकी मृतककी आमा होमकुमारी विक गम्भीर घाइते हुनुभएको छ । उहाँलाई उपचराका लागि अस्पताल पठाउने तयारी भइहेको छ । पालबहादुर रोजगारीको सिलसिलामा विदेशमा हुनुहुन्छ । घर क्षतविक्षत अवस्थामा रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

     

    त्यस्तै निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले पुरेको छ । पहिरोमा परी अन्दाजी पाँच वर्षीय समिर परियारको मृत्यु भएको प्रनाउ रेग्मीले बताउनुभयो । निसीखोला गाउँपालिकामानै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेलापरेको छ । उहाँको पहिचान नखुलेको जनाइएको छ ।

    सडक बनाउँदा कुलो मासियो, सिँचाइ अभाव

     

    सडक निर्माणका क्रममा सिँचाइ कुलो भत्किएपछि यहाँको ३२ हेक्टर जमिनमा सिँचाइ अभाव भएको छ । जिल्लाको जैमिनी नगरपालिका–५ बिनामारेमा २० वर्षअघि निर्माण भएको सिँचाइ कुलो रहेकै ठाउँबाट कच्ची सडक बनाउँदा किसान मर्कामा परेका हुन् ।

     

    बिनामारेको निरिङ्गे करिडोरदेखि वडा नं ४ सर्कुवाको मौलाछसम्म नयाँ ट्र्याक खोल्ने क्रममा बैराबासे तल्लो सिर्से कुलोको अधिकांश भाग भत्काइदिएको छ । वडाले गत आर्थिक वर्षमा झण्डै रु ११ लाख खर्चेर कालीगण्डकी करिडोरको निरिङ्गेबाट वडा नं ४ को मौलाछसम्मको कच्ची सडकको ट्र्याक खोलेको वडाध्यक्ष गोपालप्रसाद पौडेलले बताउनुभयो ।

     

    कुलो भत्किएका कारण बैराबासे, घडेरी, तल्लोसिर्सेलगायतका फाँटमा रहेको ३२ हेक्टर जमिनमा सिँचाइ अभाव भएको स्थानीय नारायण उहाँले बताउनुभयो । ‘जेनतेन भल छोपेर रोपाइँ गरियो, अब पानी कसरी लगाउनु”, उहाँले भन्नुभयोे, “एक÷दुई परिवारलाई बाटो पु¥याउँदा दर्जनाँै परिवारको माड खोसियो ।” उब्जाउ हुने खेतमा पु¥याइएको कुलो मासिँदा किसान मर्कामा परेको पौडेलले बताउनुभयो । “सडक अरु पनि थिए, खेतमै आँखा लगाए” उहाँ भन्नुहुन्छ, “नयाँ सडक चाहिएकै होइन, सिँचाइको वैकल्पिक व्यवस्था पनि छैन ।”

    विसं २०५८ मा रु ४९ लाख ९६ हजार खर्चेर उक्त कुलो निर्माण भएको थियो । जनसहभागितासहित निर्माण भएको कुलो सानो रकम खर्चेको सडकले क्षतविक्षत बनाएको उहाँको गुनासो थियो । वडा कार्यालयले भने धेरै पहिला निर्माण भएको कुलो ठाउँठाउँमा भत्किएको र मर्मतमा सधैँ समस्या हुने भएकाले सडक र कुलो एकैपटक बन्ने गरी काम गरेको जनाएको छ ।

     

    “कुलो पनि बनोस् र सडक पनि बनाउँ भन्ने मान्यताले बनाइएको हो”, वडाध्यक्ष पौडेलले भन्नुभयो, “विस्तृत योजना बनेको छ यो वर्षलाई समस्या भयो ।” बिनामारेमा २०० मिटरको दूरीमा तीन सडक बनेका छन् । खेतीयोग्य जमिन मासेर धेरै सडक नबनाउन स्थानीयवासीले आग्रह गर्दै आएका छन् । “पहिला सबै उपभोक्ताको सहमति लिएरै काम गरेको हो, अहिले समस्या भयो भन्छन्”, उहाँले भन्नुभयोे, “बाटो र कुलो पनि एकैपटक व्यवस्थित कहाँ हुन्छ र? हामी विस्तारै गर्दै जान्छौँ ।”

     

    सडकसँगै बनाइएको कच्ची नाली पहिरोका कारण ठाउँठाउँमा पुरिएकाले किसानलाई थप समस्या भएको छ । “वर्षाले पहिरो ल्यायो, सडक छेउको कच्ची नालीले काम गरेन्”, वडा सदस्य देवेन्द्र रेग्मीले भन्नुभयोे, “सडक बनाउँदा समस्या आयो समाधान खोजिँदै छ ।” रोपाइँ सकेका किसानले हिउँदे खेतीको लागि समेत सिँचाइको समस्या हुने बताएका छन् ।
    –––

    Facebook Comments Box

    बागलुङको पहिरोमा परी चारको मृत्यु
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.