Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 10
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » काठमाडौंमा ३२ सहित २२४ जनामा कोरोना, ७२ प्रतिशत निको भए

    काठमाडौंमा ३२ सहित २२४ जनामा कोरोना, ७२ प्रतिशत निको भए

    पहिलोक्लिकपहिलोक्लिकJuly 31, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ:  गत २४ घण्टामा २२४ जनामा कोरोना देखिएको छ । यो सङ्ख्यासँगै नेपालमा कोभिड–१९ बाट सङ्क्रमितको कूल सङ्ख्या १९ हजार ७७१ पुगेको छ ।

     

    कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या ७२.८ प्रतिशत छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा सबैभन्दा धेरै पर्सामा ४१ जना सङ्क्रमित थपिएका छन् । यस्तै काठमाडाँैमा ३२, बझाङका २५, कञ्चनपुरका १८, दार्चुलाका १६, कैलाली र मोरङका १५ ÷ १५ जना, झापाका १३ र बैतडीका १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

     

    त्यसैगरी बारामा चार, रौतहट, कास्की, दाङ र डोटीका तीन÷तीन जना, नुवाकोट, नवलपुर, म्याग्दी, गुल्मी र दैलेखका दुई÷दुई जना तथा रुपन्देही, भक्तपुर, मकवानपुर, धनुषा, सर्लाही सप्तरी, तनहुँ, र बाँकेका एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

     

    मन्त्रालयले गर्ने कोभिड–१९ बारे नियमित प्रेस व्रिफिङमा आज प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट चारजनाको मृत्यु भएको बताउनुभयो । मृतक सबै वीरगञ्जका हुन् भने उनीहरुमध्ये तीन जनाको वीरगञ्जमा र एक जनाको पाटन अस्पतालमा मृत्यु भएको हो । यससँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ ।

    सक्रिय सङ्क्रमित पाँच हजार ३१६ छन् । प्रदेश १ मा २२२, प्रदेश २ मा दुई हजार ३४, वाग्मती प्रदेशमा ५७२, गण्डकी प्रदेशमा ३२४, प्रदेश ५ मा ३८५, कर्णाली प्रदेशमा २९६ र सुदूरपश्चिम प्रदेशमा एक हजार ४८३ छन् । नेपालमा कोभिड–१९ पिसिआर परीक्षण प्रति १० लाख जनसङ्ख्यामा १२ हजार ७८८ र १० लाख जनसङ्ख्यामा मृत्युको दर १।९ छ । आजको १० हजार ७६८ सहित जम्मा तीन लाख ७५ हजार ४१६ पीसीआर परीक्षण भएको छ । क्वारेन्टिनमा रहनुभएका व्यक्तिको सङ्ख्या १२ हजार १११ छ । कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या १५१ छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १४ हजार ३९९ छन् ।

     

    भोजपुर, सङ्खुवासभा, रसुवा, काभ्रे, मनाङ र मुस्ताङ गरी छ वटा जिल्लामा कोभिड–१९ सङ्क्रमण शून्य रहेको छ । पछिल्लो समय काठमाडौँ र बिहीबार मात्र सिरहामा आमसभा भएको खबर मन्त्रालयलाई प्राप्त भएको बताउँदै ती खबर दुःखद भएको प्रवक्ता गौतमले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “कसैले पनि कुनै पनि राजनीतिक पार्टी, सङ्घसंस्था वा कसैले पनि यस्तो खालको आमसभा नगर्नु हुन स्वास्थ्य मन्त्रालय विनम्र अनुरोध गर्दछ, काठमाडौँमा सङ्क्रमितको सङ्ख्या बढिरहेको र कोभिड–१९ नियन्त्रणबारे हरेक दिन आग्रह गर्दा पनि नियमको पालना भएको छैन, यसले हाम्रो जनस्वास्थ्यमा ठूलो दुर्घटना पनि ल्याउन सक्छ ।”

    कतिपय नाकामा पनि नियन्त्रण नभएको उहाँको भनाइ छ । उहाँले भारतबाट कामदार नेपाल ल्याएर ओखलढुङ्गा पु¥याएको र २१ जना कामदारमध्ये १८ जनामा कोरोना पुष्टि भएको तथ्य प्रस्तुत गर्नुभयो । पछिल्लो समयमा समूहमा बस्नेमा बढी कोभिड–१९ देखापरेको बताउँदै जसको उदाहरण प्रहरी र स्वास्थ्यकर्मीमा कोभिड–१९ पोजेटिभ आएको छ भन्नुभयो । अहिलेसम्म माक्सको प्रयोग नगर्ने दुई लाख जनालाई सरकारले कारवाही गरिसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनिवार्यरुपमा सबैमा माक्स लगाउन पनि आग्रह गरेको छ । मन्त्रालयले सेवाग्राहीको चाप बढी हुने स्थानमा भौतिक दूरी कायम गर्न पनि आग्रह गरेको छ ।

    हालसम्म संसारभरी एक करोड ७४ लाख ७९ हजार ६२३ जना व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । छ लाख ७७ हजार १८ जना व्यक्तिको कोभिड–१९ बाट मृत्यु भएको छ । हालसम्म कोभिडबाट निको हुनेको सङ्ख्या एक करोड नौ लाख ५१ हजार ९८० रहेको छ ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.