काठमाडौं : हिजो आइतबारको बैठकमा कुनै सहमति नभएपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओलीसंग छलफल गर्न आज सोमबार पनि प्रचण्ड, नेता झलनाथ खनालका साथमा बालुवाटार पुगेका छन ।
सोमबार बिहान सवा ९ बजेदेखि जारी छलफल महिना दिनभन्दा बढी समयदेखि पार्टीभित्र भइरहेको गतिरोध अन्त्य गर्ने विषयमा केन्द्रित रहेको बालुवाटार स्रोतले जनाएको छ।
हिजो आइतबार भएको छलफलमा ओली प्रचण्ड दुवैले आआफ्ना अडान नछाडेपछि सहमति हुन सकेको थिएन।
जारी विवाद स्थायी कमिटी बैठकबाट टुंगो लगाउने कि सचिवालयबाट भन्नेमा कुरा नमिलेको हो।
प्रधानमन्त्री र अध्यक्षमध्ये एउटा पदबाट राजीनामा दिन ओलीले अस्वीकार गरिरहेका छन्।
Facebook Comments Box