काठमाडौँ: साताको सुरुवातिमै आइतबार सेयरबजारमा पहिरो गएको छ । आज नेप्से परिचूचक १६ दशमलब ६९ अंकले घटेर एक हजार १६३ दशमलब ९४ अंकमा कायम भएको छ ।
गत सात ठुलो घाटा खाएर यो साता बजारमा सुधारको आशामा बसेका लगानीकर्ताहरु थप निराश भएका छन् ।
ब्यापार र होटल समूह बाहेक सबै समूहको परिसूचकमा भारी गिरावट आएको छ ।
आजको कारोबारमा सबैभन्दा जीवन बीमा १९३ दशमलब ७३ अंक, निर्जिबन बीमा १०५ दशमलब ७४ अंक र उत्पादन समूह ६३ दशमलब ५८ अंकले घटेका छन् ।
त्यसैगरी, बाणिज्य बैंक ११ दशमलब ८७ अंक, जलबिधुत २१ दशमलब १९ अंक, विकास बैंक १३ दशमलब २२ अंक र लघुवित्त ३१ दशमलब ५३ अंकले झरेको छ ।
यधपी, होटल र ब्यापार समूहको परिसूचक क्रमश: ६ दशमलब ७३ अंक र २ दशमलब ११ अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जमा १६२ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ४ हजार १७६ कारोबारबाट २५ करोड २ लाख २६ हजार ४९१ रुपैयाँ बराबरका ७ लाख ८१ हजार ५६० कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।