काठमाडौं: पछिल्लो समय लगातार उकालो लागेको सुनको मूल्य मंगलबार पनि बढेको छ । सुनको मुल्य प्रतितोलाको एक लाख नजिक पुगेको छ । साताको तेस्रो दिन मंगलबार छापावाल सुन तोलामा २ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुन तोलाको ९९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ।
त्यस्तै, तेजाबी सुनको भाउ ९६ हजार ३ सय ६५ रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला १२ सय ३० पुगेको महासंघले जनाएको छ ।
Facebook Comments Box