विराटनगर : कोरोनाका कारण मृत्यु भएका विराटनगर ५ आदर्श टोलका ७७ वर्षीय वृद्धकी श्रीमतीको पीसीआर परीक्षण रिपोर्ट नेगेभिट आएको छ ।
रिर्पाट नेगेटिभ आएपछि मृतककी श्रीमती ६८ वर्षीया वृद्धामा कोरोना संक्रमण नरहेको पुष्टि भएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन डा। चुमनलाल दासले बताए ।
उपचारका क्रममा वृद्धको मृत्यु सोमबार दिउँसो सवा ३ बजे कोशी अस्पतालकै आइसोलेसनमा भएको थियो । केही दिनदेखि ज्वरो आइरहेका वृद्धलाई श्वासप्रश्वासमा धेरै समस्या भएपछि उपचारका लागि सोमबार बिहान साढे ९ बजेतिर अस्पतालमा लगिएको थियो ।
१० बजे स्वाब संकलन गरेर कोशीकै प्रयोगशालामा परीक्षण गराइएको थियो । मृत्यु भएको एक घण्टापछि उनको रिपोर्ट पोजेटिभ आएको हो । त्यसपछि उनलाई उपचारका लागि लिएर आएकी श्रीमतीको पनि परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । वृद्धालाई रातभर आइसोलेसनमा राखिएको भए पनि मंगलबार दिउँसो १ बजे रिपोर्ट नेगेटिभ आएका कारण सुरक्षित साथ ुहोम क्वारेन्टाइनु मा बस्ने गरी अस्पतालबाट विदा गरिएको डा। दासको भनाइ छ ।
कोरोनाका कारण मृत्यु भएका वृद्धाका श्रीमानलाई भने चार दिनदेखि उनलाई छात्ती दुख्ने, श्वास फेर्न गाह्रो हुने र ज्वरो आउने समस्या थियो । मृतकको ट्राभल हिस्ट्री फेला नपरेपछि थप समस्या भइरहेको डा। दासको भनाइ छ ।
विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले मृतक महानगरको ट्रेसिङमा परेका व्यक्ति नभएको बताए । उनले मृतक वृद्धका परिवारका सदस्यलाई तत्कालै ुआइसोलेटेडु गरिएको जनाए । आफन्त, परिवारका सदस्य र उनको सम्पर्कमा रहेकाहरुलाई ुकन्ट्रयाक ट्रेसिङुको दायरामा ल्याउने प्रक्रिया सुरु गरिसकिएको जानकारी दिँदै कार्कीले सबैको स्वाब संकलन गरेर परीक्षण गरिने बताए ।
‘परिवारका सदस्यको पीसीआर परीक्षण गरिने र रिपोर्ट नेगेभिट आएमा ‘सेनीटाइज’गर्दै घरलाई ुडिसइन्फेक्टु गरिनेछ,’ कार्कीले भने, ‘ रिपोर्ट नेगेटिभ आए पनि परिवारका कुनै सदस्यलाई ४८ घण्टासम्म घरभित्र प्रवेश गर्न दिइने छैन ।’ बस्दा संक्रमण नफैलने पक्का भइसकेपछि मात्रै परिवारका सदस्यले घरमा पस्न पाउने उनको भनाइ छ ।
परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आउने परिवारका सदस्यलाई भने उपचारका लागि लगिने कार्कीको भनाइ छ ।
वृद्धको मृत्युसँगै प्रदेश १ मा कोरोनाका कारण ज्यान गुमाउनको संख्या दुई पुगेको छ । यसअघि गत बुधबार मोरङ सुनवर्षीका एक पुरुषको विराटनगरबाट थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेपछि मृत्यु भएको थियो ।
यसैबीच कोरोनाका कारण वृद्धको मृत्यु सोमबार भए पनि शवको व्यवस्थापन भने मंगलबार ९आज० मात्रै गरिएको छ । सेनाको शव व्यवस्थापन टोलीले मोरङको कानेपोखरी जंगलमा लगेर शव व्यवस्थापन गरेको हो । सेनाको बडी व्यवस्थापन टोली शव बुझ्न ढिलो आएका कारण कोरोनाका कारण मृत्यु भएको भोलिपल्ट मात्रै शवको व्यवस्थापन गर्नु पर्ने अवस्था आएको अस्पतालले जनाएको छ ।
‘कोरोनाका कारण वृद्धको मृत्यु भएकाले शव परिवारका सदस्य वा आफन्तलाई दिन मिल्दैन,’ डा। दासले भने, ‘व्यवस्थापनका लागि सुरक्षा निकायको शव व्यवस्थापन टोलीलाई जिम्मा लगाउनु पर्ने हुन्छ ।’
डा। दासले रातभर कोरोना संक्रमितको शव अस्पतालकै आइसोलेसनमा राखिएको जानकारी दिए । दासले भने, ‘राति आइसोलेसनमै राखियो । टोली आएपछि व्यवस्थापनका लागि शव जिम्मा लगाइयो ।’
