काठमाडौँ: एम.भि. दुगडको महिन्द्रा कमर्शियल गाडी म्याक्सीमो प्यासेन्जर भ्यानको ग्राहक भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौँ: महिन्द्रा कमर्शियल गाडीको नेपालका लागिआधिकारीक विक्रेता दुगड व्रदर्श एण्ड सन्सले आइतबार बिरगंजको भिसुवा होटलमा महिन्द्रा म्याक्सीमो प्यासेन्जर भ्यानको ग्राहक भेटघाट तथा प्रशिक्षण कार्यक्र मसम्पन्न गरेको छ ।
उक्त कार्यक्रमबाट २०० भन्दा बढि ग्राहकहरु लाभान्वीतभएका छन् । कार्यक्रममा गाडिको सहि रखरखाब र संचालनबाट उच्च प्रतिफल लिन गर्नुपर्ने कार्य तथा बिधिकाबारे प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा कलैया टेम्पो समिति र पखानीपुर टेम्पो समितिकाअध्यक्षहरु र सदस्यहरु र महिन्द्रा कम्पनीका कन्ट्री म्यानेजर तपश पटनायक, दुगड व्रदर्श एण्ड सन्स प्रा.ली.का हेड अफ अपरेशन शम्भु सुवेदी,विरगंज शाखाका प्रमुख बेद प्रकाश शर्मा, काठमाण्डौका सर्भिस हेड सुदिप सुवेदी लगायतअन्य कर्मचारीहरुको सहभागीता रहेको थियो ।
