काठमाडौं: सरकारले काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमण केस भएका जिल्ला आगमनमा रोक लगाएको छ ।
अहिलेसम्म २ सय बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा काठमाडौं, भक्तपुर, ललितपुर कैलाली, पर्सा, रौतहट र महोत्तरी रहेको छन् ।
काठमाडौं, भक्तपुर र ललितपुरमा गरी कोरोना सक्रिय संक्रमित संख्या ५ सय ६१ रहेको छ ।
यस्तै कैलालीमा ६ सय ६९, पर्सामा ४ सय ७७, रौतहटमा ७ सय ७६ र महोत्तरीमा ५ सय ४४ सक्रिय संक्रमण केस रहेको छ । यी जिल्लामा बिहीबारबाट सवारीमा पनि जोरबिजोर प्रणाली लागू हुने भएको छ ।
अरु जिल्लामा सक्रिय संक्रमितको संख्या २ सयभन्दा कम छ । देशभर यतिबेला सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ७३ रहेको छ ।