काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा ड्युटीमा बसेका प्रहरीमा कोरोना देखिएको छ।
प्रचण्डको सचिवालयका अनुसार बिहीबार ६ जना सुरक्षाकर्मीमा कोरोना देखिएको हो।
‘निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना पोजेटिभ भेटिएको हो’, सचिवालयले भन्यो, ‘उहाँलाई स्कर्टिङ गर्ने सुरक्षाकर्मीमा भने कोरोना नेगेटिभ भेटियो।’
प्रचण्ड निवासका सुरक्षाकर्मीहरूको हिजो कोरोना जाँच गरिएको थियो।
Facebook Comments Box