काठमाडौँ: कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सचिवालयका संयोजक महेन्द्रप्रसाद गुरागाईंले सरकार पूर्ण रूपमा लकडाउन लगाउने मनस्थितिमा नरहेको बताएका छन् ।
संक्रमण बढी रहेको क्षेत्रलाई आधारमा मानी लकडाउन गरेर संक्रमण फैलनबाट रोक्ने उनको भनाइ छ ।
‘भाइरसको संक्रमण बढेसँगै हामीले थप कडाइ गरेका छौं । ४–५ दिन स्वाब परीक्षण बढाएर अवस्था हेर्छौं । त्यसपछि आउने नतिजाले भविष्यमा के गर्ने भन्ने निचोड निकाल्छौं,’ उनले भने ।
सरकारले चैत ११ गतेदेखि साउन ६ गतेसम्म लकडाउन गरेको थियो । लकडाउन हटाएपछि संक्रमण तीव्र गतिमा फैलिएको छ । त्यही कारण भदौ १ गतेबाट खुलाउने भनिएका सेवाका सम्बन्धमा निर्णय हेरफेर हुन सक्ने गुरागाईंले बताएका छन् ।