काठमाडौं : कोरोना महामारी नियन्त्रणमा सरकार गम्भीर नभएको भन्दै २३ दिनदेखि अनशनरत ‘इनफ इज इनफ’ अभियन्ता ईः ले आज (आइतबार) बिहान अनशन तोडेका छन्।
स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’का प्रतिनिधिबीच ८ बुँदे सम्झौता भएपछि २३ दिनका दिन उनले अनशन तोडेका हुन्। सम्झौताका लागि स्वास्थ्य मन्त्रायलका प्रतिनिधि आइतबार बिहान ईस् उपचाररत मण्डिखाटारस्थित हृयाम्स अस्पतालमै पुगेको अभियन्ताले जानकारी दिएका छन्।

‘कोरोनाविरुद्ध लड्न सरकार गम्भीर बन्ने लिखित सम्झौतापछि सरकार र ईः बीच दोस्रोपटक सहमति भएको’ विवेकशील पार्टीका मिलन पाण्डेले आइतबार बिहानै ट्विट गरेर जानकारी दिएका छन्।
Facebook Comments Box