पर्सा : पर्सामा थप ७५ जनामा कोरोना संक्रमण देखिएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेमा ९ जना प्रहरी समेत रहेका छन् । १५ जना महिलासहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
७५ जना संक्रमितमध्ये २९ जना कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना पोजिटिभ देखिएका हुन् । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका एकजना कर्मचारीमा पनि कोरोना पोजिटिभ देखिएको छ ।
यसैगरि वरुणयन्त्रका दुईजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । ७ जना संक्रमित वीरगन्जको गणेश टोलका बासिन्दा हुन् । अन्य संक्रमित वीरगन्ज बिभिन्न स्थानका रहेका छन् ।
को लिंकरोड, राधेमाई, नगवा, घडीअर्वा, महावीर टोल, कुम्हाल टोल, भिस्वा, पटेलनगर, पावर हाउस, चिनीमिल क्वाटर, पानीट्यांकी, पिपरा, श्रीपुर, मुर्लीका बासिन्दा हुन् ।
पर्साको पकाहामैनपुर गाउँपालिकाका दुई जनामा पनि कोरोना पुष्टि भएको छ । अमरपट्टीका ३ जना र बहुदरमाई नगरपालिका–७ का एकजनामा कोरोना देखिएको छ । साउनयता पर्सामा ८ सय ३८ नयाँ संक्रमित थपिएका छन् ।
