Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 10
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » दम्पती हत्या गर्ने चार अभियुक्त सार्वजनिक

    दम्पती हत्या गर्ने चार अभियुक्त सार्वजनिक

    पहिलोक्लिकपहिलोक्लिकAugust 10, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    महेन्द्रनगर: नौ दिनअघि कञ्चनपुरको बेलौरी नगरपालिकामा वृद्ध दम्पतीको हत्या गर्ने गिरोहका नाइकेसहित चार जना अभियुक्तलाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ ।

     

    गत साउन १७ गते मध्यरातमा बेलौरी नगरपालिका–७ भगतपुरका ६८ वर्षीया बेलीदेवी खातीको धारिलो हतियार प्रयोग गरी घरमै अज्ञात समूहले हत्या गरेको थियो भने सोही आक्रमणका क्रममा बेलीदेवीका श्रीमान् ७० वर्षीय घनश्याम खाती गम्भीर घाइते भएका थिए ।

     

    घाइते खातीको आइतबार राति कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो ।

     

    जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी हत्याका मुख्य योजनाकार खाती दम्पतीकै छिमेकी स्थानीय ५३ वर्षीय प्रकाश ऐर, अर्का स्थानीय ३५ वर्षीय दिनेश राना, बेलौरी नगरपालिका–६ हात्तीबोझाका २६ वर्षीय होरी राना र कृष्णपुर नगरपालिका–२ वाणीका ४५ वर्षीय रवि राना (भर्रा) लाई सार्वजनिक गरेको छ ।

     

    पत्रकार सम्मेलनमा प्रवक्ता थापाले घटना छिमेकी प्रकाश ऐरको योजनामा भएको बताउनुभयो । “ऐरले झण्डै १४÷१५ वर्षदेखि घनश्याम खातीलाई बोक्सीको आरोप लगाउँदै आएको रहेछ” थापाले भन्नुभयो, “ऐरले नै हत्याको योजना बनाएर दम्पतीको हत्यापछि दुई चरणमा रु चार लाख रकमसमेत दिएको खुलेको छ ।” अभियुक्त ऐरको योजनालाई मुख्य रुपमा भर्रा भनेर चिनिने रवि रानाले सहयोग गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

     

    घटनामा अभियुक्त रवि राना धारिलो हतियार प्रयोग गरी आक्रमण गर्ने, स्थानीय दिनेश र होरी राना घटनाका बेला खातीका छोरा राजेश खातीलाई घर बाहिर मादक पदार्थ सेवन गराएर फकाउने भूमिकामा देखिएको प्रहरीले जनाएको छ । “परिवारका सदस्यहरु बिरामी पर्न थालेपछि रवि रानासित योजना बनाएर अभियुक्त ऐरले हत्या गराएको हो” प्रनाउ थापाले भन्नुभयो, “घटना घटाइसकेपछि अर्को अभियुक्त दिनेश रानाले खातीका छोरा राजेशलाई राति घरसम्म मोटरसाइकलमा पु¥याएका थिए ।”

     

    प्रहरीका अनुसार अभियुक्तहरुले छोरा राजेशलाई नै हत्यारा सावित गराउने प्रयासले नै राति मोटरसाइकलमा घरसम्म पु¥याएको स्वीकार गरेको प्रहरीले जनाएको छ । घटनापछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट घटनाको अनुसन्धानमा प्रनाउ थापा आफैँ खटिनुभएका थियो ।

     

    “घटनास्थलमा अनुसन्धान शुरु गर्दा हामीले खाती दम्पतीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएका थियौँ ।” प्रवक्ता थापाले भन्नुभयो, “छोराको संलग्नता नदेखिएपछि उनलाई छोडिदियौँ ।”

     

    खातीको घरमा पुगेर दम्पतीमाथि आक्रमण गर्ने अभियुक्त रवि रानालाई प्रहरीले आइतबार कृष्णपुर नगरपालिकाको गुलरिया क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । “रविको घरबाट हत्या गरेबापत ऐरबाट लिएको रु डेढ लाख नगदसमेत बरामद गरेका छौँ ।” उहाँले भन्नुभयो, “हत्यामा प्रयोग भएका दुई वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएका छौँ ।”

     

    प्रहरीका अनुसार अभियुक्तद्वय स्थानीय दिनेश र होरी रानालाई हत्यामा संलग्न भएबापत रु २५÷रु २५ हजार दिने भनिएको थियो । अभियुक्त दिनेश शारीरिक रुपले अशक्त छन् । उनको दायाँ हात छैन । प्रहरी स्रोतका अनुसार राना एउटै हातले मोटरसाइकल चलाएर भारतबाट आउने अवैध सामानको तस्करीसमेत गर्दै आएका थिए । “रानाले मोटरसाइकलको एक्सलेटरसमेत बाँया हातमा जडान गरेको देखिन्छ ।

    प्रहरीका अनुसार खाती दम्पतीलाई हत्यापछि उनका छोरालाई घरसम्म मोटरसाइकलमा पु¥याउन दिनेश नै गएका थिए । प्रहरीले राजेश खातीले गत साउन १९ गते दिएको किटानी जाहेरीका आधारमा अभियुक्तहरुलाई कानूनी कारबाही अघि बढाइएको जनाएको छ ।

    Facebook Comments Box

    कञ्चनपुरको बेलौरी नगरपालिकामा वृद्ध दम्पतीको हत्या
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.