उदयपुर : उदयपुरमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
जिल्ला स्वास्थ्य कार्ययालय उदयपुरका प्रमुख मोहन सुवेदीले त्रियुगा नगरपालिकामा ८ र बेलका नगरपालिकामा ७ जनामा कोरोना पुष्टि भएको बताए।
संक्रमितहरुमध्ये ६ जना मालपोत कार्यालयका कर्मचारी र दुई जना उनीहरुका परिवारका सदस्य रहेको र ६ जना एकै परिवारका रहेको प्रमुख सुवेदीले जनाकारी दिए।
उनले संक्रमितहरु स्थानीय नै रहेको र संक्रमितको सम्पर्क बाहिर रहेको व्यक्ति भएको बताए।
Facebook Comments Box