काठमाडौं : कोरोना संक्रमणका कारण जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मृत्यु भएको छ।
जनकपुरको रामा होटेलका संचालक ७३ वर्षीय गिरीको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ।
जनकपुरको मिल्स एरियामा रामा होटेल सञ्चालन गर्दै आएका गिरीलाई १५ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो।
उनको अवस्था बिग्रिदै गएपछि केहि दिन अघि श्री एयरलायन्सको विमान चार्टर गरी थप उपचारको लागि काठमाडौंको मेडिसिटी हस्पिटलमा भर्ना गरिएको थियो।
वि।सं। २०४४ सालमा जनकपुर नगरपालिकाको मेयर भएका गिरी पछिल्लो समय होटेल संचालनरव्यवस्थापनमा बढी सक्रिय थिए। उनी जनकपुरमा प्रतिष्ठित होटेल व्यवसायीको रुपमा समेत परिचित थिए।