काठमाडौं : यसैसातादेखि निरन्तर घट्दै आएको सुनको मूल्यमा आज बुधबार भारी गिरावट आएको छ ।
आज बुधवार सुन प्रति तोलामा ६ हजार २ सयले मूल्य घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ९बुधवार० सुनको मूल्य ९५ हजार ४ सय कायम गरिएको छ ।
आज छापावाल सुन प्रतितोला ९५ हजार ४ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला रुपैयाँ ९४ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज सुनको मूल्य घटेर प्रतितोला १ हजार २ सय १० कायम भएको हो ।
गत शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यसपछि भने सुनको मूल्य घटेको छ ।
Facebook Comments Box