काठमाडौं : आगामी भदौ १६ गतेदेखि आन्तरिक हवाई सेवा सञ्चालन गर्नुपर्ने वायूसेवा सञ्चालक संघ नेपालले माग राखेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै संघले आगामी भदौ १६ गतेदेखि आन्तरिक हजाई सेवा उद्योगलाई तत्कालै सञ्चालनमा नल्याए आन्दोलन गर्ने चेतावनी दिएको छ ।
यसअघि सरकारले कोभिडको महामारीका कारण भदौ १५ गतेसम्म हवाई सेवा बन्द गर्ने निर्णय गरेको र कोरोना संक्रमितको संख्या बढेपछि अस्ति सोमबारको मन्त्रीपरिषदको बैठकले भदौ ३१ गतेसम्म हवाई सेवा बन्द गर्ने निर्णय सार्वजनिक गरेपछि संघले यस्तो चेतावनी दिएको हो ।
संघले भदौ १ गतेदेखि नै आन्तरिक वायूसेवा कम्पनीहरु उडान सञ्चालन गर्न पूर्ण तयारी रहँदारहँदै सरकारबाट सेवा बन्द गर्ने निर्णय भएपछि हवाई उद्योग धरासायी भएकोमा सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
कोरोनाको महामारीका दौरानमा उडानलाई व्यवस्थित तुल्याउन डब्लुएचओ तथा आइकाओले निर्धाण गरेको मापदण्ड अनुसार संघले उडानको तयारी गरेको दाबी गर्दै आएको छ ।