काठमाडौं: नेपालमा बुधबार थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ७ हजार ६१३ छ भने क्वारेन्टाइनमा रहेकाहरुको संख्या १४ हजार ८४६ रहेको छ ।
कहाँ कति थपिए ?
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १०९, ललितपुरका २१, भक्तपुरका ८, झापाका १०, मोरङका ४८, रौतहटका २४, सुनसरीका १५, इलामका १, ताप्लेजुङका १, सप्तरीका ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यसैगरी सिरहाका १०, धनुषाका ३९, महोत्तरीका ४४, गोर्खाका २, नुवाकोटका २, सर्लाहीका ६, बैतडीका २, चितवनका १५, तनहुँका २, बाराका १५, मकवानपुरका १६, दोलखाका २, काभ्रेका ५, कैलालीका ३ र पर्साका ३ जनामा कोरोना पुष्टि छ।
यस्तै सिन्धुलीका २, बाँकेका १, दाङका १, ओखलढुङ्गाका १, रामेछापका १, जाजरकोटका १, कपिलवस्तुका १, खोटाङका १, पाल्पाका १, धादिङका २ जनामा कोरोना पुष्टि भएको छ ।
त्यसैगरी कास्कीका १३, स्याङ्जाका ६, अर्घाखाँचीका ३, रुपन्देहीका ८, रुकुमका ३, सल्यानका १, सुर्खेतका १८, दैलेखका ४, डोटीका २, दार्चुलाका ५ र कञ्चनपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।