काठमाडौँ: शनिबार नेपालमा कोरोना भाइरसका थप चार सय ६८ जना संक्रमित भेटिएका छन्।
११ हजार २७ जनामा गरिएको पिसीआर परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
अब नेपालमा कोरोना संक्रमित संख्या २६ हजार १९ पुगेको छ। देशभर पाँच सय २३ जना होम आइसोलेसनमा बसेको उनले जानकारी दिए।
एक सय २४ जना विगत २४ घण्टामा निको भएर घर फर्किएका छन्।
शनिबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०२ पुगेको छ ।
ज्यान गुमाउनेमध्ये ८० जना पुरुष र २२ जना महिला रहेको मन्त्रालयले जनाएको छ ।