काठमाडौँ: काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १७२ जनामा कोरोना पुष्टि भएको छ।
आइतबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा १७२ जना कोरोना संक्रमित थपिएको बताए।
प्रवक्ता गौतमका अनुसार काठमाडौँमा १२६, ललितपुरका ३८ र भक्तपुरमा ८ जनामा कोरोना पुष्टि भएको हो।
नेपालमा पछिल्लो २४ घण्टामा ६४१ जनामा कोरोना पुष्टि भएको छ।
प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा संक्रिय संक्रमितको संख्या ९ हजार २२१ रहेको छ।
Facebook Comments Box