काठमाडौँ: सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षार्थ उनको निवास कोटेश्वरमा खटिएका ९ सुरक्षाकर्मी कोरोना संक्रमण भएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको सुरक्षामा खटिएका नेपाल प्रहरीका २ जना र सशस्त्र प्रहरीका ७ जनामा कोरोना पुष्टि भएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
‘दुई पटक गरेर आएको रिपोर्टमा सुरूमा ७ सशस्त्र प्रहरी र पछि नेपाल प्रहरीका २ जनामा संक्रमण पुष्टि भएको छ,’ गौतमले भने,’संक्रमित हुनेमा एक जना पीएसओसमेत हुन् ।’
संक्रमण पुष्टि भएका उनीहरू सबैलाई आइसोलेसनमा लगिएको छ। नेता नेपालसहित उनको परीवारका सदस्यको भने कोरोना रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जानकारी दिएको छ ।