Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Monday, November 9
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » डेढ महिनादेखि दार्चुला–तिङ्कर सडक अवरुद्ध हुँदा दार्चुलाबासीको सडक संजाल टुट्यो

    डेढ महिनादेखि दार्चुला–तिङ्कर सडक अवरुद्ध हुँदा दार्चुलाबासीको सडक संजाल टुट्यो

    पहिलोक्लिकपहिलोक्लिकAugust 22, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    दार्चुला: निर्माणाधीन दार्चुला–तिङ्कर सडक खण्डको ट्र्याक खुलेको ४० किलोमिटर सडकखण्ड डेढ महिनादेखि अवरुद्ध भएको छ । १२ वर्ष अघिबाट निर्माण शुरु भएको सो सडकखण्डको खलङ्गादेखि व्यास गाउँपालिकाको सुनसेरा तुसरपानीसम्म सडकको ट्र्याक खुलेको थियो तर बर्खा शुरु भएसँगै यो क्षेत्रको सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

    खलङ्गादेखि दुहुँको हिकिलासम्म मात्रै झण्डै आधा दर्जन ठाउँमा सडक अवरुद्ध भएको छ । हिकिलादेखि सुनसेरासम्म पनि सोही मात्रामा सडक अवरुद्ध भएको छ । तत्काललाई दुहुँ गाउँपालिकाको हिकिलासम्म सडक पुनः सञ्चालन गर्न पनि निकै सास्ती छ । “निर्माणाधीन सडक अवरुद्ध भएसँगै दुहँु र व्यासको जनजीवन अस्तव्यस्त बनेको छ”, दुहुँ गाउँपालिका–५ का जयदेव महराले भन्नुभयो, “पैदल हिँड्न पनि बाटो अप्ठ्यारो छ । ठाउँठाउँमा पहिरो गएको छ । ढुङ्गा खस्ने डर उत्तिकै छ ।” व्यासदेखि खलङ्गा पुग्न झन् कष्टकर छ ।

    विगतमा भारतीय बाटो हुँदै सदरमुकामसम्म आवतजावत हुने गथ्र्यो तर यो पटक गत चैत ११ गतेदेखि लकडाउन शुरु भयो । नेपाल भारत नाका यही भदौ मसान्तसम्मका लागि सरकारले बन्द गराएको छ ।

    दार्चुला–तिङ्कर सडक योजनाले अवरुद्ध सडक खुलाउन शुरु भएको जनाएको छ । योजनाका इन्जिनीयर दिनेश रैखोलाले भन्नुभयो, “व्यास र दुहुँमा खाद्यान्न लगायतका सामग्रीको अभाव भयो भनेर भनेको भन्यैैछन् । ”तिमुरपाटामा मात्रै २० मिटर बढी पर्खाल लगाउनुपर्ने छ । अहिले कार्यालयले नै स्थानीयवासीलाई काममा लगाएर जाली भराउने काम शुरु गराएको उहाँले जनाउनुभयो । हिकिलासम्मको ६÷७ ठाउँमा सडक बिग्रिएको छ ।

    तिमुरपाटामा सडक खुलाउन सके अन्य क्षेत्रमा मेसिन लिन सकिन्छ । मेसिन पठाउन सकियो भने दुई साताभित्र ट्र्याक्टर गुड्ने गरी सडक खुलाउने प्रयास भइरहेको इन्जिनीयर रैखोला बताउनुहुन्छ । खलङ्गा खार गोकुलेश्वर सडक पनि एक महिनादेखि अवरुद्ध छ । गत साउन ५ गते आएको बाढी पहिराका कारण यो सडकखण्ड अवरुद्ध छ ।

    जिल्ला सदरमुकाम खलङ्गा नजीकै रहेको धौलिगाडमा सडक मर्मत गरी एक महिनापछि सडक पुनः सञ्चालन गरिएको छ । गत साउन ४ गते राति आएको अविरल वर्षाका कारण धौलिगाडले सडकमा क्षति पु¥याएपछि सो सडक अवरुद्ध भएको थियो ।

    सडक डिभिजन कार्यालय बैतडी पाटनले अस्थायी रुपमा सडक खुलाउने काम गरेको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताउनुभयो । अहिले पनि पर्खाल लगाउने काम चलिरहेको छ । सोही ठाउँमा निर्माणाधीन पुल अधुरै रहँदा बाढीले सडक बगाएको हो । मुआब्जा विवादका कारण ५ वर्षदेखि सो क्षेत्रमा पुल निर्माण हुन सकेको छैन ।

    Facebook Comments Box

    धौलिगाडमा सडक
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.