Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 15
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » पटक–पटक अन्योलमा रातो मच्छिन्द्रनाथ रथयात्रा

    पटक–पटक अन्योलमा रातो मच्छिन्द्रनाथ रथयात्रा

    पहिलोक्लिकपहिलोक्लिकAugust 25, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    ललितपुर, ९ भदौ (रासस) : ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथ रथयात्रा पुनः अन्योलमा परेको छ । मुलुकमा दिनानुदिन बढ्दै गएको कोरोना महामारी र समयाभावका कारण रथयात्रा कहिले हुन्छ भन्ने निश्चित नभएको हो ।

    देशभर हरेक दिन कोरोना सङ्क्रमित थपिँदै जाँदा यसै महिनाको तेस्रो सातासम्ममा मच्छिन्द्रनाथ रथयात्रा सम्पन्न गर्न आवश्यक भएको सो गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो ।

     

    “अबको एक हप्तादेखि १० दिनभित्रमा रथयात्रा गर्ने तयारीका लागि हामी अघि बढ्नुपर्छ । यदि यस दिनसम्ममा पनि रातो मच्छिन्द्रनाथ रथयात्राको तयारी अघि बढेन भने पुल्चोकबाट गाःबहाल हँुदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल रथ पुर्याउन कम्तीमा चारदेखि पाँच दिन समय लाग्ने र शुभसाइत पनि पाउन मुस्किल हुनेछ”, उहाँले भन्नुभयो, “आउँदो असोज २ गतेबाट मलमास छ, मलमासमा रथजात्रा गर्न हुँदैन, आउँदो कात्तिक महिनाको २ गतेबाट नौरथा अनि १० गते विजयादशमी छ, विजयादशमीपछि बाँकी रहेको छोटो समय र आउँदो मङ्सिर महिनामा रातो मच्छिन्द्रनाथलाई पुनः बुङ्मतीबाट पाटनमा ल्याउनुपर्ने चलन रहेकाले रथयात्रालाई तत्काल अघि बढाउनुपर्छ ।”

     

    आइतबार मात्र सो विषयमा राष्ट्रपतिका साथै प्रधानमन्त्रीसँग पनि भेटेर कुरा राखेको जोशीले जानकारी गराउनुभयो ।

    आर्यावलोकितेश्वरलाई गत साउन १० गते पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको थियो । यस वर्ष कोभिड–१९ का कारण लामो समय मच्छिन्द्रनाथ पुल्चोकमै विराजमान हुनुहुन्छ । रथलाई पुल्चोकबाट गाःबहाल पुर्याएर गुरुपूजा, गाःबहालबाट मङ्गलबजार पुर्याएर दरबार पूजा, मङ्गलबजारबाट सुन्धारा पुर्याएर बाराही पूजा र सुन्धाराबाट लगनखेल पुर्याएर उपयुक्त दिनमा महाबलि दिनु नै पर्ने चलन रहेका हुँदा यी कार्य नगरी नहुने भएकाले यसमा समेत केही समय खर्च हुने जोशीले बताउनुभयो ।

     

    यस वर्ष कोभिड महामारीका बीच मच्छिन्द्रनाथ रथयात्रा सम्पन्न गर्न केही सशस्त्र प्रहरी, नेपाली सेना, जात्रासँग सम्बन्धित ६० देखि ७० व्यक्ति, रथको अगाडि एउटा डोजर र पछाडि एउटा क्रेन बाँधेर भए पनि नढल्काइकन रथजात्रा गर्नुपर्ने समय भएको जोशीको मत छ । उहाँले थप्नुभयो, “राज्यले यसै किसिमको योजना बनाएर अघि बढ्दा छिट्टै रथयात्राको समस्या समाधान हुने थियो ।” यस विषयमा कुरा गर्न गुठी संस्थान शाखा कार्यालय जाँदा कसैसँग पनि भेट नभएको जोशीले गुनासो गर्नुभयो ।

     

    रथजात्रालाई कहिलेबाट अघि बढाउने भन्ने विषयमा ज्यापू समाज ललितपुरलगायतका १९ जातीय समूह मिलेर केही निष्कर्ष निकाल्ने महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको भनाइ छ । उहाँले भन्नुभयो, “दशैँअघिसम्म पाटनमा रथयात्राका साथै भोटोजात्रा सम्पन्न गरिएन भने रातो मच्छिन्द्रनाथलाई भक्तपुरवासीले आफ्नो हक जताएर लान पाउँछन् भन्ने कुरा सुन्नमा आए पनि यो कुरा भने कुनै पनि पुस्तकमा उल्लेख भएको छैन ।”

     

    मच्छिन्द्रनाथलाई अर्काे शहरका मानिसले लान्छन् भन्ने हल्ला गर्नुभन्दा पनि उपयुक्त समयमै भोटोजात्रा सम्पन्न गर्नुपर्ने थियो तर गर्न सकिएको छैन ।” बढ्दो महामारीका कारण हाललाई भोटोजात्राभन्दा पनि जनताको सुरक्षामा विशेष ध्यान दिनुपर्ने समय भएको महर्जनले बताउनुभयो ।

    आफूहरु जात्रासँग सम्बन्धित एक सहयोगी संस्था मात्र रहेकाले नेपाल सरकारको निर्णयपछि सो काममा अघि बढ्ने भएको ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले बताउनुभयो । मच्छिन्द्रनाथ रथयात्रा कहिले गरिन्छ भन्ने निर्णय यही भदौ १५ गतेपछि हुने भएको पुजारी पूर्णराज शाक्यले बताउनुभयो ।

     

    विसं ८०० मा राजा बरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए । मच्छिन्द्रनाथ नेपाल आएको ८४ वर्षपछि रथ बनाउन शुरु गरिएको थियो । गत वर्ष चैत २७ गते करुणामयलाई लगनखेल चोकस्थित मन्दिरमा महास्नान गराइएको थियो । लोकेश्वरको मुख पश्चिमपट्टि फर्काई चाँदीको गाग्रीमा पाँच तीर्थको पानी, गाईको दूध, विभिन्न प्रकारका फूल मिसाएर गुभाजुले विभिन्न मन्त्रद्वारा पाठ गरेर महास्नान गरिएको पाटन सुन्धारा निवासी सूर्यमान डङ्गोलले बताउनुभयो । उहाँले भन्नुभयो, “दशैँअघिसम्म पाटनमा रातो मच्छिन्द्रनाथको रथजात्रा र भोटो जात्रा दुवै सम्पन्न गरिएन भने बुँगद्यःलाई भक्तपुरवासीले आफ्नो हक जताएर सधैँभरिका लागि त्यहाँ लान पाउँछन् । मच्छिन्द्रनाथलाई यदि भक्तपुर लगेमा सधैँभरि यस जात्रा भक्तपुर शहरमा गर्नुपर्ने हुन्छ । भक्तपुरमा पनि लोकेश्वरलाई राख्ने मन्दिर बनेको छ ।”

     

    वृष्टिदेवको जात्रा गर्न विभिन्न वस्तुको आवश्यक पर्ने भएकाले यसलाई जुटाउन र रथ बनाउन पनि निकै मेहनत गर्नुपर्ने हुँदा यसअघि एकपटक भक्तपुरवासीले करुणामयलाई उतै लाने अवसर पाउँदा नलगी पाटनमै छाडिदिएको कुरा सुन्नमा आएको डङ्गोलले जानकारी गराउनुभयो ।

    किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।

    यो काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो । यस जात्रा हेर्न काठमाडौँ उपत्यकाका तीनै शहरबाट श्रद्धालु भक्तजन पाटन आउने चलन थियो । यस वर्ष जावलाखेलवासीले समेत रथ र भोटोजात्रा हेर्न पाउँछन् कि पाउँदैनन् भन्ने अन्योल छ । काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तावलोकितेश्वर करुणामयको स्थान निकै उच्च छ । यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्ने गरिन्छ । हिन्दूहरु यिनलाई भर्खरै उदाउन लागेको सूर्यनारायणका रुपमा लिन्छन् ।

    रक्तावलोकितेश्वर लोकनाथको वर्ण अरुणावर्ण छ, दुई ठूलाठूला आँखा छन्, दबिएको नाक छ, उचाइ चार फिट लामो छ, पवित्र माटो (मृत्तिका, तेराकोटा) बाट बनेको मूर्ति सुन्दर र भव्य देखिन्छ । शिरमा रत्नमुकुट, निधारमा टीका र कानमा रत्नजडित गहनाले मूर्ति सुसज्जित भएको छ । घाँटीमा कर्काेटनागको रत्नमाला, हातमा चुरा, बाला र खुट्टामा कल्ली सुशोभित छन् । दाहिने हात वरद मुद्रामा छ । बायाँ हातमा कमलको फूल छ । लोकनाथ विराजमान हुने विहार ललितपुरको तःबहाल र बुङ्मतीको मन्दिर दुवै उत्तरतिर फर्केका छन् । यसैले मूर्ति जहिले पनि उत्तराभिमुख गरी राखिने भएको मुनीन्द्ररत्न बज्राचार्यद्वारा लिखित पुस्तकमा उल्लेख गरिएको छ ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.