Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 14
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » कोरोना सङ्क्रमण बढेपछि यस्तो छ भक्तपुरको तयारी, एकै दिन ५१ जना सङ्क्रमित

    कोरोना सङ्क्रमण बढेपछि यस्तो छ भक्तपुरको तयारी, एकै दिन ५१ जना सङ्क्रमित

    पहिलोक्लिकपहिलोक्लिकAugust 28, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    भक्तपुर, १२ भदौ (रासस): 
    जिल्लामा कोरोना सङ्क्रमण बढ्दै गएपछि यसलाई रोक्न भक्तपुरमा तीव्र तयारी शुरु गरिएको छ ।

    जिल्लामा क्वारेन्टिन, आइसोलेसनदेखि पिसिआर परीक्षणलाई समेत फराकिलो बनाउँदै सङ्क्रमण रोकथामका लागि नगरपालिकाहरुले समेत आ–आफ्नो योजना अगाडि सारेका छन् ।

     

    भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले जिल्लामा बढ्दो सङ्क्रमण रोक्न र सबै अस्पतालमा सहज उपचारको व्यवस्थापन गर्ने बारेमा जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला समन्वय समिति, नगरपालिका र सुरक्षा निकायसँग छलफल गरी कार्य योजना अगाडि बढाएको बताउनुभयो ।

     

    उहाँले भन्नुभयो, “भक्तपुरमा कम्तीमा दुई हजार क्वारेन्टिन बनाइने गरी तयारी गरिएको छ, भोलिसम्ममा सानोठिमी र बोडेमा श्यया तयार हुन्छ, कोरोना परीक्षणको दायरा फराकिलो गर्दै पिसीआर परीक्षण बढाउने र उपचारको व्यवस्था सहज गराउने बारेमा नगरपालिकाहरु सहमत भएका छन् ।”

     

    सङ्घीय सरकारसँग मिलेर जिल्लाका प्रत्येक नगरपालिकामा न्यूनतम दुई हजार व्यक्तिका दरले भक्तपुरको चार नगरपालिकामा आठ हजारको पिसीआर परीक्षण गर्नेे तथा नगरपालिका, स्वास्थ्य संस्था, रेडक्रस, सुरक्षाका तीनवटै निकायलाई परिचालन गरी क्वारेन्टिन, आइसोलेसन र एम्बुलेन्सको व्यवस्थापन गर्ने गरी योजना बनाएको उहाँले बताउनुभयो ।

     

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सरकारको निर्देशनानुसार खरिपाटीस्थित विद्युत् प्राधिकरणको क्वारेन्टिनलाई २०८ श्ययाको आइसोलेसन तयार पारेर लक्षण नभएका बिरामी राख्न थालिसकेको जानकारी दिनुभयो । त्यस स्थानमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको नेतृत्वमा भक्तपुर अस्पताल र क्यान्सर अस्पतालको समन्वयमा स्वास्थ्यकर्मी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

     

    त्यसैगरी मध्यपुरथिमि नगरपालिकाको समन्वयमा सानोठिमीस्थित सिटिइभिटीको टिआइटिआई र युसेपको होस्टेल भवन तथा बोडेस्थित कृषि विकास बैंकको होस्टेल भवनमा २०० श्ययाको एकीकृत क्वारेन्टिन निर्माण कार्य भोलि सम्ममा सम्पन्न गरिसक्ने प्रजिअ पाण्डेको भनाइ छ ।

     

    नेपाली सेना वीर दल गण सूर्यविनायकका गणपति कर्नेल शिव पौडेलले खरिपाटीस्थित आइसोलेसनदेखि एकीकृत क्वारेन्टिनसम्ममा सुरक्षाका व्यवस्था सेनाले गर्ने जानकारी दिँदै आइसोलेसनलगायत अन्य व्यवस्थापनमा पनि सेना खटिएको जानकारी दिनुभयो ।

    नगरपालिकाहरुको यस्तो छ तयारी

    मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगर क्षेत्रमा कोरोना सङ्क्रमण रोक्न पिसीआर परीक्षणलाई तीव्र बनाएको जनाएको छ । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भन्नुभयो, “अहिलेसम्म मध्यपुरथिमि नगरपालिकाका तीन हजार ५०० स्थानीयवासीको पिसीआर परीक्षण गरिसकेका छौँ, आगामी १४ गतेभित्र थप दुई हजार स्थानीयवासीको पिसीआर परीक्षण गर्न स्वाब सङ्कलन तीव्र पारेका छौँ ।”

    उहाँले मध्यपुरथिमिका जोखिमयुक्त क्षेत्रका बासिन्दा, कोरोना सङ्क्रमितका परिवार र उनीहरुको कन्ट्याक टे«सिङमा आएकाहरुको पहिचान गरी स्वाब सङ्कलन र परीक्षण तीव्र पारेको जानकारी दिनुभयो । नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको ल्याबमा स्वाब सङ्कलन गरेपछि २४ घण्टाभित्र पिसीआरको रिपोर्ट दिने गरेको जानकारी दिँदै उहाँले त्यस अवधिमा नगरपालिकाले तयार पारेको आइसोलेसनमा राख्ने गरेको बताउनुभयो ।

     

    नगरप्रमुख श्रेष्ठले सङ्क्रमित क्षेत्रमा भाइरस निर्मलीकरण गर्न स्प्रे छर्कने, जनचेतनामूलक सन्देशसहितको माइकिङ गर्ने, केही दिनभित्रै अस्पतालको सेवा सञ्चालन गर्ने, प्रत्येक वडामा स्वास्थ्यकर्मी परिचालन गर्ने, नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा पालना गर्न कडाइ गर्ने, थिमिभित्र तयार पारेको क्वारेन्टिन र आइसोलेसनमा सङ्क्रमितलाई राख्ने व्यवस्था गर्ने लगायतका कामहरु भइरहेको जानकारी दिनुभयो ।

    यता भक्तपुर नगरपालिकाले यस वर्षको इन्द्रजात्रा पर्वमा गरिने कार्यक्रमहरु स्थगित गरेको, विदेशबाट आउनेहरुका लागि क्वारेन्टिनको व्यवस्था भएको, स्थानीयवासीलाई होम क्वारेन्टिनमै राखेको, सङ्क्रमितलाई भक्तपुर अस्पताल पठाउने गरिएको र एकीकृत आइसोलेसनमा पनि पठाउने तयारी भएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

     

    नगरपालिकामा करीब २०० को पिसीआर परीक्षण गरिएको जानकारी दिँदै उहाँले दैनिक स्वाब सङ्कलन गरी परीक्षणमा पठाइरहेको, जनचेतना फैलाउने र भाइरस निर्मलीकरणका लागि स्प्रे छर्कने काम भइरहेको जानकारी दिनुभयो ।

     

    यता चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले नगरपालिकाले दुई मुख्य र ६ वटा सहायक समूह बनाएर विदेशबाट फर्किएका, विभिन्न जिल्लाबाट फर्किएकाको अनुसन्धान गर्ने, सङ्क्रमितको सम्पर्कमा रहेकाका कन्ट्याक ट्रेसिङ गर्ने, सङ्क्रमितसँग टेलिफोन र अन्य माध्यमबाट सम्पर्कमा रहने तथा जनचेतना फैलाउने कार्य गरिरहेको बताउनुभयो ।

     

    उहाँले भन्नुभयो, “नगरपालिकालाई आवश्यक पर्ने क्वारेन्टिन र आइसोलेसन बनाइएको छ, जनकपुर इन्जिनीयरिङ कलेजमा क्वारेन्टिन बनाइएको छ, आइसोलेसनपछि बनाउने तयारी छ, खरिपाटीको आइसोलेसन पनि छ, दुवाकोटमा पनि उपचार शुरु हुँदैछ, समस्या पर्ने अवस्था छैन ।”

    सूर्यविनायक नगरपालिकाले स्वास्थ्य संयन्त्र बनाएर जोखिममा रहेका प्रत्येक वडाको टोलटोलमा गएर स्वाब सङ्कलन गर्ने, कोभिडबारे जानकारी दिने कार्य गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले भन्नुभयो, “सङ्क्रमित देखिएका स्थानलाई केन्द्र बनाएर सघन ढङ्गले र कम प्रभावित वडामा रेन्डम सेम्पलिङ गर्दै स्वाब सङ्कलन गरी परीक्षण गरेका छौँ, कोरोना जोखिम भएका जिल्लाबाट आएकाको फोन ट्रेसिङ गरी व्यक्ति पत्ता लगाउने, उनीहरुको पिसीआर परीक्षण गर्ने, जोखिम रहेका क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउने, लक्षण देखिएका बिरामीलाई कोभिड अस्पताल लैजाने, लक्षण नदेखिएकालाई मापदण्डनुसार होम क्वारेन्टिनमा राखेर नियमित फोनबाट सम्पर्क गर्ने, घरमा बस्न अनुकूल नभएकालाई खरिपाटी, बोडे लगायतका आइसोलेसनमा पठाउने गरी काम गरिरहेका छाँै ।”

    स्वास्थ्य टोली र जनप्रतिनिधि लिएर आफैँ टोलटोलमा गएर स्वाब सङ्कलन गर्ने र जनचेतना फैलाउने काम भइरहेको जानकारी दिँदै उहाँले पूर्वमन्त्री तथा सांसद महेश बस्नेत, नगरपालिकाका प्रमुख बासुदेव थापा, वडाध्यक्षहरु र नगरपालिकाका स्वास्थ्य टोली स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयका विज्ञ टोलीहरुका बीचमा छलफल गरी विशेष तयारी गरिएको उहाँको भनाइ छ ।

    नगरपालिकामा ७० जनाको पिसीआर रिपोर्ट आउन बाँकी रहेको जानकारी दिँदै सङ्क्रमण फैलिन नदिन विशेष अभियान थालेको बताउनुभयो । भक्तपुरमा आज एकै दिन ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आजसम्म भक्तपुरमा सङ्क्रमितको सङ्ख्या ४२९ जना पुगेको छ ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.