काठमाडौँ: उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
होम क्वारेन्टिनमा रहेका तीनै जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको गृह मन्त्रालयले जनाएको छ । यसैबीच प्रधानसेनापति पूर्णचन्द्र थापाको पनि पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । प्रधानसेनापति थापा पनि होम क्वारेन्टिनमा थिए ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीका कर्मचारीलाई कोरोना भाइरस संक्रमण देखिएसँगै मन्त्रीहरु र प्रधानसेनापति थापा होम क्वारेन्टिनमा बसेका थिए ।
केही दिनअघि छाउनीस्थित सिसिएमसी सचिवालय रहेको रेञ्जर गणमा मन्त्रीहरुसहित प्रधानसेनापति थापा गएका थिए । सोही क्रममा कोरोना संक्रमित कर्मचारीसँग मन्त्रीहरुको भेट भएको थियो ।