पाटन : ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।
ललितपुरका २९ वर्षीय युवकको उपचारका क्रममा हिजो शनिबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।
उनी साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचारारत थिए ।
यसअघि शुक्रबार र शनिबार नै गरी ललितपुरमा दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । योसहित ललितपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार शनिबार साँझसम्म ललितपुरमा कोरोना संक्रमितको संख्या ६ सय ५ पुगेको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये ६० जना निको भएका छन् ।
Facebook Comments Box