काठमाडौँ: नेपाल स्टक एक्सचेञ्जको ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा समस्या आएपछि शेयर कारोबार स्थगित भएको छ ।
नेप्सेका अनुसार टिएमएसमा केही प्रावधिक समस्या देखा परेपछि केही समयका लागि कारोबार स्थगित गरिएको जनाएको छ । प्राविधिक समस्याको पहिचान भइरहेको र समस्या समाधान हुनासाथ कारोबार सूचारु हुने नेप्सेले जनाएको छ ।
बजार खुलेको एक घण्टाको अवधिमो नेप्से सूचक ११ अंक बढीले घटेर १४४६.२४ अंकमा झरेको छ । यसअवधिमा १५६ कम्पनीको १० लाख बढी कित्ता साढे ४६ करोड बराबरमा किनबेच भएको छ ।
एक्सचेन्जको अनलाइन प्रणालीले राम्रोसँग काम गर्न नसक्दा लगानीकर्ता मारमा परेका छन् । कहिले वेबसाइट नचल्ने त कहिले टीएमएस र वेबसाइटमा फरकफरक तथ्यांक आउँदा सर्वसाधारण लगानीकर्ताले हैरानी खेप्नुपरेको छ ।
अनलाइन प्रणाली त्यसमा पनि विशेष गरी टीएमएसमा पटकपटक समस्या आएपनि वास्तविक समस्या पहिचान गरी समाधान गर्नेतर्फ चासो दिइएको छैन् । विभिन्न बाहनामा सास्ती दिइएको भन्दै लगानीकर्ताहरु भने रुष्ट भएका छन् ।
