कालिकोट : कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मा बजारमा पहिरोले पुरेर एकै परिवारको ४ जनाको मृत्यु भएको छ । आइबार आएको पहिरोमा परेर शुभकालिका गाउँपालिका घर भएका ४० वर्षीया प्रयास शाही, उनको ५ वर्षीय छोरा निराजन शाही शाही, ७ वर्षीया छोरी हिमा शाही र दुई महिनाको अर्को छोरा अकल शाहीको मृत्यु भएको छ ।
पहिरोले ५ घर पुरेको र घटनास्थलबाट २ जनालाई जिवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामबावु ओलियाले जानकारी दिए ।
घटनास्थलबाट तिलागुफा नगरपालिका–३ बस्ने वर्ष १३ का अर्जुन हमाल र जुम्ला हिमा गाउँपालिका घर भएकी ३५ वर्षीया पुन्या शाहीको जिवितै उद्धार गरिएको छ । उनीहरुलाई उपचारका लागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको छ । शाहीको अवस्था गम्भिर छ ।
