महोत्तरी : महोत्तरीको मनरा सिश्वा नगरपालिका -४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० गते काठमाडौं लैजाने क्रममा उनको सिन्धुलीमा मृत्यु भएको थियो ।
उनको शव पुनः जिल्लामा ल्याएर स्वाब संकलन गरेर जनकपुरमा पठाइएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।
स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्तिको कोभिडका कारण ज्यान गएको यो पहिलो घटना हो ।
Facebook Comments Box