एजेन्सी : भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको आज ८४ वर्षको उमेरमा निधन भएको छ ।
उनको मृत्युको पुष्टि स्वयं उनका छोरा अभिजित मुखर्जीले ट्विटमार्फत गरेका छन ।

उनका अनुसार दिल्लीस्थित सेनाको अस्पतालमा उपचाररत उनको सोमबार निधन भएको हो ।
उनी सन २०१२ देखि २०१७ सम्म भारतका राष्ट्रपति रहेका थिए ।
Facebook Comments Box