काठमाडौँ: सुनको भाउ मंगलबार तोलामा ९०० रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला ९७ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ।
उता चाँदीको भाउमा पनि ३० रुपैयाँले बढेर मंगलबार प्रतितोला १ हजार ३९५ रुपैयाँ तोकिएको छ।
गत शुक्रबार प्रतितोला ७०० रुपैयाँले घटेको देखि सुनको भाउ आइतबार र सोमबार ३०० रुपैयाँले वृद्धि हुँदै आइरहेकोमा मंगलबार एकैपटक प्रतितोला ९०० रुपैयाँले बढेको हो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारमा निर्धारण हुने सुनको भाउलाई आधार मानेर सुनको मूल्य निर्धारण हुँदै आइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको सोझो असर नेपाली बजारमा पनि परेको हो ।
अन्तराष्ट्रिय लगानीकर्ताहरुले विश्वमहामारी कोरोना संक्रमणका कारण अन्य क्षेत्रको तुलनामा सुनमा लगानी सुरक्षित मान्न थालेपछि पँहेलो धातुको भाउ बढ्न थालेको थियो ।