काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ ।
आज बिहानका लागि तय भएको बैठक ४ घण्टा पछि सार्दै केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
सचिवालय बस्नु अगाडि अध्यक्षद्धय केपी ओली र प्रचण्डबीच छलफल भएको थियो
सचिवालयमा राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा कसलाई पठाउने लगायत विषयमा छलफल हुने बताइएको छ ।
बैठकका एजेन्डाबारे छलफल गर्न हिजो बुधबार राती अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको थियो ।
प्रधानमन्त्री ओली अर्थमन्त्री डा युवराज खतिवडालाई फेरि राष्ट्रियसभामा सदस्य बनाएर अर्थमन्त्रीमै निरन्तरता दिन चाहन्छन भने नेकपा उपाध्यक्ष बामदेव गौतम आफू राष्ट्रियसभामा जानु पर्ने अडानमा छन ।
