काठमाडौं: अर्थ तथा सञ्चार मन्त्रालयको जिम्मेवारी अहिलेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नै लिने भएका छन् । अर्थमन्त्रीको राजनीनामा स्वीकृत गर्दै राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रमा यस्तो उल्लेख गरिएको हो । खतिवडाले शुक्रबार दिएको राजीनामा स्वीकृत भएको छ ।
खतिवडाको बहिर्गमनपछि अर्थमन्त्री को होला ? भन्ने तीब्र चासो रहेको थियो । तथापि, प्रधानमन्त्रीले तत्कालका लागि मात्र यो मन्त्रायल जिम्मेवारी लिएको हो वा दीर्घकालका लागि भन्ने चाहिँ स्पष्ट भइसकेको छैन ।
Facebook Comments Box