Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 11
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » सुस्तरी यात्रा गर्दै रातो मच्छिन्द्रनाथको रथ सोह्रखुट्टे पाटीमा

    सुस्तरी यात्रा गर्दै रातो मच्छिन्द्रनाथको रथ सोह्रखुट्टे पाटीमा

    पहिलोक्लिकपहिलोक्लिकSeptember 6, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    ललितपुर : ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु भएको छ ।

    आज आइतबार दिउँसो ४ः५१ बजे तान्न शुरु गरिएको मच्छिन्द्रनाथको रथलाई सुस्तरीसुस्तरी तानेर आज ललितपुर महानगरपालिका अगाडि सोह्रखुट्टे पाटी नजिकै पु¥याइएको हो ।

     

    यसवर्ष कोरोना महामारीका कारण उपस्थित सबैले सामाजिक दूरी कायम गरेका थिए । एकै किसिमको निलो टोपी र गन्जी, मुखमा मास्क, हातमा पञ्जा लगाई दुई तिर बसेर शान्त्त पूर्वक रथ तानिएको पुचःका संयोजक चन्द्र महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले मूलुकमा कोभिड सङ्क्रमण बढ्दै जाँदा आवश्यक मानिसलाई मात्र रथयात्रा गर्न लगायौँ ।”

     

    रथयात्रालाई विधि पूर्वक काँसहित विभिन्न बाजा बजाइएर सम्पन्न गरिएको महर्जनले जानकारी गराउनुभयो ।

    रथयात्रामा सहभागी मानिसले खुसीका साथ पहिला हात हल्लाएर “होस्टे, हैंसे” शब्दको उच्चारण गरी बल लगाएर रथलाई विस्तारैविस्तारै तानेर पाटी नजिकै पु¥याएका महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “रथयात्रा गर्न उपस्थित सहभागीले बेला बेलामा रथ तान्ने र समय समयमा नाच्ने गरेको दृष्यले पुल्चोकमा एकदमै मनमोहक भयो ।” मच्छिन्द्रनाथको रथमा राता, सेता ध्वजाका साथै माथिल्लो गजुरमा सबै प्राणीको रक्षा गर्ने श्री लोकेश्वरको षड्क्षरी मन्त्र ‘ॐ मणि पद्मे हुँ’ लेखिएको ध्वजासमेत खुबै फरफराएको महर्जनले जानकारी गराउनुभयो ।

    उक्त रथयात्रामा केही प्रदेश तथा प्रतिनिधिसभाका सांसद पम्फा भुषाल, राजकाजी महर्जन र शोभा शाक्य सहभागी हुनुभएको थियो । सोह्र खुट्टे पाटी नजिकै रहेका घरघरका मानिसले भने घरघरैबाट रथयात्राको आनन्द लिइरहेका थिए । लोकेश्वर नजिकै रथमा केही मानिस र पानेजु बसेका देखिन्थे । सुरक्षा व्यवस्था अतिनै कडा थियो । गाःबहालबाट महानगरपालिकाको गेटसम्म करिब ५०० मिटर मीननाथको रथयात्रा पनि सम्पन्न भयो । लोकनाथ र मीननाथको दुवै रथयात्रा गर्न मानिस उपस्थित भएका थिए । रथयात्रा सम्पन्न भएपश्चात पाटनवासीले घरघरमा छवयलाबु पर्व मनाउने महर्जनले जानकारी गराउनुभयो ।

     

    यसवर्ष रथयात्रा छेउमा महिला भने देखिएका थिएनन् । पुल्चोकमा उपस्थित सिमित मानिस, पुजारी, सञ्चारकर्मी, सुरक्षाकर्मीले मात्र यसवर्ष प्रत्यक्ष रुपमा रथयात्रा हेर्न मौका पाएका देखिन्थे । विगतका वर्षमा मच्छिन्द्रनाथको रथलाई गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पु¥याउएर शुभ साइतअनुसार भोटो जात्रा गर्ने गरिन्थ्यो । यसपटक भने त्यसो नगरिने भएको भदौ १८ गते १९ आँै जातिय खलः पुचले निकालेको पे्रस विज्ञप्तीमा उल्लेख गरिएको थियो । आर्यावलोकितेश्वरलाई गत साउन १० गते पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा बिराजमान गराइएको थियो । विसं ८०० मा राजा बरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए । मच्छिन्द्रनाथ नेपाल आएका ८४ वर्षपछि रथ बनाउन शुरु गरिएको थियो ।

     

    किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोंकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।

     

    Facebook Comments Box

    वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथयात्रा
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.